युवा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् युवा

१ तिमोथी 4 : 12
12 जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।

उपदेशक 11 : 9
9 ए जवान मानिस, युवावस्‍थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्‍द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख्‌ कि परमेश्‍वरले यी सबै कुराको लेखा लिनुहुन्‍छ।

यर्मिया 1 : 4 – 8
4 परमप्रभुको यो वचन मकहाँ आयो,
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”
6 मैले भनें, “हे परमप्रभु परमेश्‍वर, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।”
7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ।
8 तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

उपदेशक 12 : 1
1 दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर—

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

भजनसंग्रह 119 : 9
9 जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।

एफिसी 6 : 1 – 4
1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ।
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्‍ति आफ्‍नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्‍नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।

हितोपदेश 23 : 26
26 हे मेरो छोरा, तेरो हृदय मलाई दे, र तेरा आँखाले मेरा बाटो पालन गरून्,

एफिसी 4 : 29
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।

२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

यर्मिया 29 : 13
13 जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।

भजनसंग्रह 144 : 12
12 तब हाम्रा छोराहरू तिनीहरूका युवावस्‍थामा मौलाउँदा रूखहरूजस्‍तै हुनेछन्‌, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्‍तम्‍भहरूजस्‍ता हुनेछन्‌।

मत्ती 11 : 28 – 30
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
29 मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।
30 किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”

मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *