युद्धमा हत्या

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् युद्धमा हत्या

लूका 6 : 27
27 “तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,

मत्ती 26 : 52
52 तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌।

रोमी 13 : 1 – 14
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

प्रस्‍थान 21 : 23
23 तर स्‍त्रीको केही नोक्‍सानी भयो भने, प्राणको सट्टा प्राण,

एफिसी 6 : 10 – 20
10 अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
14 यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।
19 मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ,
20 जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ।

मत्ती 5 : 44
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,

प्रस्‍थान 20 : 13
13 “हत्‍या नगर्नू।

गन्ती 31 : 1 – 54
1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
2 “इस्राएलीहरूका निम्‍ति तैंले मिद्यानीहरूसँग बदला ले। त्‍यसपछि तँ आफ्‍ना मानिसहरूसँग मिल्‍न जानेछस्‌।”
3 तब मोशाले मानिसहरूलाई यसो भने, “मिद्यानीहरूसँग युद्ध गर्न र उनीहरूसँग बदला लिनलाई तिमीहरूले आफ्‍ना मानिसहरूमा कतिपयलाई तयार पार।
4 इस्राएलको हरेक कुलबाट एक-एक हजार मानिस तिमीहरूले युद्धमा पठाउनू।”
5 यसकारण इस्राएलीहरूको हरेक कुलबाट युद्धको निम्‍ति एक-एक हजार गरी बाह्र हजार सैन्‍य खटिए।
6 मोशाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए, अनि तिनीहरूका साथमा एलाजार पूजाहारीका छोरा पीनहासलाई पनि पवित्रस्‍थानका पात्रहरू र रण-ध्‍वनिका तुरहीहरूको जिम्‍मा लाएर पठाए।
7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानसँग लड़ाइँ गरे, र उनीहरूका पुरुषहरू जतिलाई मारे।
8 मर्नेहरूमा मिद्यानका पाँच राजाहरू एवी, रेकेम, सूर, हूर र रेबा पनि थिए। बओरका छोरा बालामलाई पनि तिनीहरूले तरवारले मारे।
9 इस्राएलीहरूले मिद्यानी स्‍त्रीहरू र बाल-बालिकाहरूलाई कैद गरे, र उनीहरूका सबै गाई-गोरु, भेड़ाबाख्रा र धन-सम्‍पत्तिहरू लगे।
10 उनीहरू बसेका जम्‍मै सहरहरू र छाउनीहरूसमेत तिनीहरूले जलाइदिए।
11 तिनीहरूले कब्‍जा गरेका मान्‍छे, पशु-प्राणी र धनमालचाहिँ लिएर गए,
12 र यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबका मैदानको छाउनीमा मोशा, एलाजार पूजाहारी र इस्राएली समुदायका सामु ती कैदीहरू, पशु-प्राणी र धनमाल ल्‍याए।
13 मोशा, एलाजार पूजाहारी र समुदायका सब नायकहरू तिनीहरूलाई भेट्‌न छाउनीबाहिर आए।
14 युद्धबाट फर्केका सेनाका हजारौँ र सयौँमाथिका सेनानी र कप्‍तानहरूसँग मोशा रिसाए।
15 मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले सबै स्‍त्रीहरूलाई जिउँदै राख्‍यौ?
16 हेर, यिनीहरूले नै बालामको युक्तिद्वारा इस्राएलीहरूलाई पोरमा परमप्रभुको विरुद्धमा अपराध गर्न लाएका थिए। यसैले समुदायको बीचमा विपत्ति पनि आएको थियो।
17 यसैकारण सबै नाबालिगहरूमध्‍ये केटा जतिलाई र पुरुषसँग सहवास गरेका स्‍त्रीहरूलाई मार।
18 तर सबै कन्‍ये-केटीहरूलाई चाहिँ तिमीहरूले आफ्‍ना निम्‍ति जिउँदै राख।
19 “तिमीहरूमा जस-जसले कुनै मानिसलाई मारेको छ वा लाश छोएको छ, ती सबै छाउनीबाहिर सात दिनसम्‍म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैलाई, आफ्‍ना कैदीहरूलाई समेत चोख्‍याउनू।
20 सबै लुगा र छाला, बाख्राका रौँ र काठका सबै मालसामानहरू तिमीहरूले चोख्‍याउनुपर्छ।”
21 तब एलाजार पूजाहारीले लड़ाइँमा गएका योद्धाहरू सबैलाई भने, “परमप्रभुले मोशालाई यसो भनी आज्ञा गर्नुभएको छ:
22 सुन, चाँदी, काँसो, फलाम, जस्‍ता र सीसा,
23 अनि आगोले भस्‍म नपार्ने हरेक चीज आगोमा हालेर शुद्ध गर्नू। त्‍यसबाहेक ती सबै शुद्धीकरणको पानीमा चोख्‍याउनुपर्छ। अनि आगोमा भस्‍म हुने चीजहरूचाहिँ त्‍यही पानीमा हालेर शुद्ध गर्नू।
24 सातौँ दिनमा तिमीहरूले आफ्‍ना लुगा धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्‍यसपछि तिमीहरू छाउनीमा आए हुन्‍छ।”
25 परमप्रभुले मोशालाई भन्‍नुभयो,
26 “तँ, एलाजार पूजाहारी र समुदायका परिवारका मुखियाहरूले कैद गरेर ल्‍याएका मानिसहरू र पशु-प्राणीहरू गन्‍ती गर।
27 लड़ाइँमा गएका योद्धाहरू र बाँकी सबै समुदायका बीच ती मालसामानहरू दुई भाग गरी बाँड़।
28 लड़ाइँमा गएका योद्धाहरूबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रामध्‍येबाट प्रत्‍येक पाँच सयमा एउटा परमप्रभुको निम्‍ति कर देओ।
29 तिनीहरूको आधा हिस्‍साबाट यति लिएर परमप्रभुको निम्‍ति भेटीको रूपमा एलाजार पूजाहारीलाई देओ।
30 इस्राएलीहरूको आधा हिस्‍साबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रा वा अरू पशु-प्राणीबाट प्रत्‍येक पचासमा एउटा लिएर परमप्रभुको पवित्र वासस्‍थानको जिम्‍मा लिने लेवीहरूलाई देओ।”
31 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ मोशा र एलाजार पूजाहारीले गरे।
32 योद्धाहरूले हात पारेका धनमालको बाँकी सम्‍पत्ति यी थिए: भेड़ा ६,७५,०००,
33 गाई-गोरु ७२,०००,
34 गधा ६१,०००,
35 र पुरुषसँग सहवास नगरेका स्‍त्रीहरू जम्‍मा ३२,०००।
36 त्‍यसबाट लड़ाइँमा गएकाहरूको भागमा परेको आधा हिस्‍सा यी थिए: ३,३७,५०० भेड़ाहरू,
37 जसबाट परमप्रभुको निम्‍ति कर ६७५ भेड़ा थिए,
38 ३६,००० गाई-गोरुहरू, जसबाट परमप्रभुको निम्‍ति कर ७२ थिए,
39 ३०,५०० गधाहरू, जसबाट परमप्रभुको निम्‍ति कर ६१ थिए,
40 १६,००० स्‍त्रीहरू, जसबाट परमप्रभुको निम्‍ति कर ३२ जना थिए।
41 परमप्रभुले मोशालाई गर्नुभएझैँ परमप्रभुका भेटीको कर मोशाले एलाजार पूजाहारीलाई दिए।
42 मोशाले लड़ाइँमा गएका मानिसहरूदेखि भाग लगाएका इस्राएलीहरूको आधा हिस्‍साचाहिँ यी थिए:
43 ३,३७,५०० भेड़ा,
44 ३६,००० गाई-गोरु,
45 ३०,५०० गधा,
46 र १६,००० स्‍त्रीहरू।
47 इस्राएलीहरूको आधा हिस्‍साबाट मोशाले परमप्रभुको आज्ञाबमोजिम मानिस र पशुहरूबाट प्रत्‍येक पचासमा एउटा गरी ल्‍याएर परमप्रभुको पवित्र वासस्‍थानको जिम्‍मा लिने लेवीहरूलाई दिए।
48 तब सेनाका हजारौँ र सयौँमाथिका सेनानी र कप्‍तानहरू र सयौँको कप्‍तानहरू मोशाकहाँ आए।
49 अनि तिनीहरूले मोशालाई भने, “हाम्रा अधीनका योद्धाहरूको गन्‍ती हामीले लिएका छौं। हाम्रो एउटै मान्‍छे पनि कम्‍ती छैन।
50 यसकारण हामी प्रत्‍येकले पाएका सुनका गहना— बाजू, बाला, छाप औँठी, कुण्‍डल र सिक्रीहरू— परमप्रभुलाई चढ़ाएर हाम्रो प्रायश्‍चित गर्न हामीले ल्‍याएका छौं।”
51 मोशा र एलाजार पूजाहारीले तिनीहरूबाट ती सबै सुनका गहनाहरू लिए।
52 हजारौँका सेनानीहरू र सयौँका कप्‍तानबाट लिएर तिनीहरूले परमप्रभुलाई चढ़ाएका सुनको ओजन एक सय नब्‍बे किलोग्राम थियो।
53 लड़ाइँमा गएका मानिसहरू हरेकले लूटका धनमाल आफै-आफैले नै लगेका थिए।
54 तब मोशा र एलाजार पूजाहारीले हजारौँ र सयौँका सेनानी र कप्‍तानहरूले ल्‍याएका सुन लिएर परमप्रभुको सामुन्‍ने इस्राएलीहरूका निम्‍ति सम्‍झना हुनलाई भेट हुने पालभित्र ल्‍याए।

एफिसी 5 : 11
11 अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।

प्रस्‍थान 15 : 1 – 27
1 तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्‍तुति गाए: “म परमप्रभुको स्‍तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।
2 परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्‍छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको स्‍तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्‍वर, म उहाँको नाउँ उच्‍च पार्नेछु।
3 परमप्रभु नै योद्धा हुनुहुन्‍छ, उहाँको नाउँ परमप्रभु हो।
4 फारोका रथहरू र उनका सेनालाई समेत उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वश्रेष्‍ठ अधिकृतहरू लाल समुद्रमा डुबे।
5 गहिरा पानीले उनीहरूलाई छोपे। उनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे।
6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा प्रतापी थियो, हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्‍यो।
7 तपाईंका विरुद्धमा उठ्‌नेहरूलाई तपाईंका गौरवको उच्‍चतामा तपाईंले तल झार्नुभयो। तपाईंले आफ्‍नो जल्‍दो क्रोध प्रकट गर्नुभयो, र त्‍यसले उनीहरूलाई ठोसाझैँ भस्‍म पार्‍यो।
8 तपाईंका नाकको सासले पानीको थुप्रो लाग्‍यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्‍तो स्‍थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्‍यो।
9 “शत्रुले धाक लगायो, ‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु, लुटिएका मालहरू म बाँड्‌नेछु। तिनीहरूमा म टन्‍न भोज गर्नेछु। म मेरो तरवार थुत्‍नेछु, र मेरो हातले तिनीहरूलाई नष्‍ट पार्नेछु।’
10 तर तपाईंले आफ्‍नो सास फुक्‍नुभयो, र समुद्रले उनीहरूलाई छोप्‍यो। शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे।
11 हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्‍य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?
12 तपाईंले आफ्‍नो दाहिने बाहुली पसार्नुभयो, र पृथ्‍वीले उनीहरूलाई निलिहाल्‍यो।
13 “तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्‍नो नचुक्‍ने प्रेममा डोर्‍याउनुहुनेछ। तपाईंले आफ्‍नो शक्तिद्वारै तिनीहरूलाई आफ्‍नो पवित्र वासस्‍थानमा अगुवाइ गर्नुहुनेछ।
14 जातिहरूले सुन्‍नेछन्‌ र काम्‍नेछन्‌। पलिश्‍त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ।
15 एदोमका अधिपतिहरू भयभीत हुनेछन्, मोआबका नेताहरूलाई कम्‍पले पक्रनेछ। कनानका सारा बासिन्‍दाहरू पग्‍लनेछन्, डर र त्रास उनीहरूमाथि पर्नेछ।
16 हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्‍जेल, तपाईंले किन्‍नुभएका प्रजा पार नहोउञ्‍जेल तपाईंका पाखुराको शक्तिले उनीहरू पत्‍थरझैँ अचल रहनेछन्‌।
17 तपाईंले तिनीहरूलाई ल्‍याएर तपाईंको आफ्‍नो उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ— त्‍यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्‍नो वासको निम्‍ति बनाउनुभयो, त्‍यही पवित्रस्‍थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्‍थापना गरे।
18 परमप्रभुले सदासर्वदै राज्‍य गर्नुहुनेछ।”
19 जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्‍याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए।
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्‍त्रीहरू पनि खैँजड़ी लिएर नाच्‍दै तिनका पछिपछि निस्‍के।
21 मिरियम यसो भन्‍दै गाउन लागिन्‌: “परमप्रभुको स्‍तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
22 तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्‍थानतिर लागे। उजाड़-स्‍थानमा हिँड्‌दा तीन दिनसम्‍म तिनीहरूले पानी पाएनन्‌।
23 अनि मारा [1] भन्‍ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्‍यो तीतो थियो। (यसैले त्‍यसको नाउँ मारा भयो।)
24 यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे।
25 तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्‍यो पानीमा हाल्‍दा पानी मीठो भयो। त्‍यहीँ नै परमप्रभुले तिनीहरूका निम्‍ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो।
26 र उहाँले भन्‍नुभयो, “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका कुरा ध्‍यानसित सुन्‍यौ, उहाँको दृष्‍टिमा जे ठीक छ सो गर्‍यौ, र उहाँका आज्ञाहरूमा ध्‍यान लगायौ, र उहाँका सबै विधिहरू मान्‍यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, तीमध्‍ये एउटै पनि तिमीहरूमाथि ल्‍याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”
27 अनि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका बोटहरू थिए। तिनीहरूले त्‍यही पानीनेर पाल टाँगे।

प्रस्‍थान 22 : 2
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।

लूका 3 : 14
14 सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?” तिनले उनीहरूलाई भने, “कसैमाथि अत्‍याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्‍ना तनखामा सन्‍तुष्‍ट रहो।”

लेवीहरू 19 : 18
18 “‘आफ्‍ना आफन्‍तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।

प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

रोमी 13 : 1 – 7
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।

याकूब 4 : 1
1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र?

रोमी 13 : 9
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *