यात्रा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यात्रा

भजनसंग्रह 91 : 11
11 किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।

भजनसंग्रह 121 : 8
8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्‍म।

यशैया 6 : 8
8 तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्‌!”

भजनसंग्रह 139 : 9 – 10
9 प्रभातको पखेटामा उड़ेर समुद्रको पल्‍लो किनारमा गएर बसें भने पनि,
10 त्‍यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्‍नेछ।

यहोशू 1 : 7
7 बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्‍यवस्‍था पालन गर्‌। त्‍यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्‌।

भजनसंग्रह 37 : 23 – 29
23 यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्‍यो भने उहाँले त्‍यसका पाइला दह्रिला पार्नुहुन्‍छ।
24 त्‍यसलाई ठेस लाग्‍यो भने पनि त्‍यो लोट्‌दैन, किनकि परमप्रभुले आफ्‍नो हातले समातेर त्‍यसलाई थाम्‍नुहुन्‍छ।
25 म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्‍यागिएका वा तिनका सन्‍तानले मागेर खानुपरेको मैले कहिल्‍यै देखेको छैनँ।
26 तिनको मुट्ठी सधैँ उदार रहन्‍छ, र तिनले खुला रूपले पैँचो दिन्‍छन्‌, र तिनका सन्‍तानले आशिष्‌ पाउनेछन्‌।
27 खराबीदेखि फर्केर अलग्‍ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्‍नेछौ।
28 किनकि परमप्रभु न्‍यायीलाई प्रेम गर्नुहुन्‍छ, र आफ्‍नो विश्‍वाशयोग्यहरूलाई उहाँले त्‍याग्‍नुहुन्‍न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्‌, तर दुष्‍टका सन्‍तान भने बहिष्‍कृत हुनेछन्‌।
29 धर्मीहरूले देश अधिकार गर्नेछन्‌, र त्‍यहाँ सधैँभरि वास गर्नेछन्‌।

भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

हितोपदेश 16 : 9
9 मानिसले आफ्‍नो हृदयमा आफ्‍नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्‍यसका कदमहरूको निर्धारण गर्नुहुन्‍छ।

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

व्यवस्था 1 : 30 – 31
30 तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्‍यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।
31 उजाड़-स्‍थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्‍नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू यहाँ आई नपुगुञ्‍जेलसम्‍म कसरी तिमीहरूलाई बोकेर ल्‍याउनुभएको थियो, सो तिमीहरूले त्‍यहाँ देखेका थियौ।”

हितोपदेश 3 : 23
23 तब तँ आफ्‍नो मार्गमा सुरक्षित भई हिँड्‌नेछस्, र तेरा खुट्टा लरबरिनेछैन।

भजनसंग्रह 121 : 1 – 8
1 यात्राको गीत [1] पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍छु। मेरो गुहार कहाँबाट आउँछ?
2 स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
3 उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन।
4 साँच्‍ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ।
5 परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्‍छ।
6 दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ।
7 परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ।
8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्‍म।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *