यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् याकूब
प्रेरित 7 : 8
8 उहाँले तिनीसँग खतनाको करार बाँध्नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए।
प्रेरित 7 : 14
14 योसेफले आफ्ना बुबा याकूबलाई र आफ्ना जम्मै कुटुम्बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए।
हिब्रू 11 : 20
20 विश्वासद्वारा इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए।
मत्ती 1 : 2
2 अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता,
रोमी 10 : 13
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
यहोशू 24 : 4
4 फेरि मैले इसहाकलाई याकूब र एसाव दिएँ। अनि मैले एसावलाई त्यसका अधिकारको निम्ति सेइरको पहाड़ी देश दिएँ। तर याकूब र त्यसका छोराहरूचाहिँ मिश्रदेशतिर गए।
Leave a Reply