यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यहोशापात
२ शमूएल 8 : 16
16 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
२ शमूएल 20 : 24
24 बेगार काममा लाउनेहरूको जिम्मा अदोनीरामको हातमा थियो। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
१ राजाहरू 4 : 3
3 शीशाका छोरा, एलीहोरेफ र अहियाह— सचिवहरू, अहीलूदका छोरा यहोशापात— लेखापाल,
१ इतिहास 18 : 15
15 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
१ राजाहरू 4 : 17
17 इस्साखारमा— पारूहका छोरा यहोशापात,
१ राजाहरू 15 : 24
24 तब आसा आफ्ना पित्रहरूसित सुते, र तिनका पुर्खा दाऊदको सहरमा तिनीहरूसँग तिनी गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोशापात राजा भए।
१ राजाहरू 22 : 41
41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापात यहूदाका राजा भए।
१ इतिहास 3 : 10
10 सोलोमनका छोरा रहबाम थिए, जसका छोरा अबिया, जसका छोरा आसा, जसका छोरा यहोशापात,
२ इतिहास 17 : 1
1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्ने अठोट गरे।
मत्ती 1 : 8
8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता,
२ इतिहास 17 : 2
2 तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे।
२ इतिहास 17 : 9
9 परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।
१ राजाहरू 22 : 43
43 सबै कुरामा तिनी आफ्ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्। परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही तिनले गरे। तापनि डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले त्यहाँ अझै बलिदान चढ़ाउँदै र धूप बाल्दैरहे।
२ इतिहास 17 : 9
9 परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।
२ इतिहास 19 : 11
11 “परमप्रभुसम्बन्धी विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्। राज्यसम्बन्धी विषयमा यहूदाका कुलनायक इश्माएलका छोरा जबदियाह अधिकारी छन्। लेवीहरूचाहिँ तिमीहरूका सामुन्ने अधिकृतहरूझैँ सेवा गर्नेछन्। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्।”
२ इतिहास 17 : 11
11 कुनै-कुनै पलिश्तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्याए।
२ इतिहास 17 : 19
19 यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।
Leave a Reply