यहोयाचिन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यहोयाचिन

२ राजाहरू 24 : 8
8 जब यहोयाकीन राजा भए तब तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्‍य गरे। तिनकी आमाको नाउँ एल्‍नातानकी छोरी नहूश्‍ता थियो। तिनी यरूशलेमकी थिइन्‌।

२ इतिहास 36 : 9
9 राजगद्दी आरोहण गर्दा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन राज्‍य गरे। तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

१ इतिहास 3 : 16
16 यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए।

यर्मिया 24 : 1
1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्‍दिरको सामुन्‍ने अञ्‍जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो।

यर्मिया 22 : 24
24 “जस्‍तो म जीवित छु,” परमप्रभु भन्‍नुहुन्‍छ, “तँ यहूदाको राजा यहोयाकीमको छोरो यहोयाकीन मेरो दाहिने हातको छाप-औँठी भए तापनि म तँलाई निकालेर फ्‍याँकिदिनेथिएँ।

यर्मिया 37 : 1
1 योशियाहका छोरा सिदकियाहलाई बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा नियुक्त गरेका थिए, र यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा तिनले राज्‍य गर्न लागे।

२ राजाहरू 24 : 9
9 आफ्‍ना पिताले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

२ इतिहास 36 : 9
9 राजगद्दी आरोहण गर्दा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन राज्‍य गरे। तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

२ राजाहरू 24 : 16
16 बेबिलोनका राजाले सात हजार बलिया र लड़ाइँको निम्‍ति सुयोग्‍य योद्धाहरू र एक हजार कारीगर र कलाकारहरूलाई पनि बेबिलोनमा निर्वासन गरेर लगे।

२ इतिहास 36 : 10
10 बसन्‍त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्‍दिरका असल-असल भाँड़ाहरूसमेत तिनलाई बेबिलोनमा ल्‍याए, र तिनका पिताका भाइ सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्‍याए।

एस्‍तर 2 : 6
6 बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्‍ये एक थिए।

यर्मिया 27 : 20
20 जुन बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदा र यरूशलेमका जम्‍मै भारदारहरूलाई यरूशलेमदेखि निर्वासित गरेर लाँदा लगेका थिएनन्‌—

यर्मिया 29 : 2
2 (राजा यहोयाकीन, राजमाता, महलका अधिकृतहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारीगर र निपुण कलाकारहरू यरूशलेमबाट निर्वासित भएपछि यो पत्र लेखिएको हो।)

इजकिएल 1 : 2
2 त्‍यस महिनाको पाँचौँ दिनमा— यहोयाकीन राजा कैद भएको यो पाँचौँ वर्ष थियो—

२ राजाहरू 25 : 27
27 यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा राजा एबील-मरोदकले यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए।

२ राजाहरू 25 : 30
30 राजाले तिनको निम्‍ति नियमित भत्ता तिनको जीवनकालभरि नै दिए।

यर्मिया 52 : 34
34 बेबिलोनका राजाले यहोयाकीनलाई नियमित रूपमा दिनहुँ तिनी नमरुञ्‍जेल भत्ता दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *