यहोआहाज

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यहोआहाज

२ राजाहरू 10 : 35
35 येहू आफ्‍ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोआहाज राजा भए।

२ राजाहरू 13 : 9
9 तब यहोआहाज आफ्‍ना पित्रहरूसित सुते र तिनी सामरियामा गाड़िए, अनि तिनीपछि तिनका छोरा येहोआश राजा भए।

२ राजाहरू 23 : 31
31 जब यहोआहाज राजा भए तब तिनी तेईस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्‍य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्‍नाकी थिइन्‌।

१ इतिहास 3 : 15
15 योशियाहका छोराहरू: जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए।

२ इतिहास 36 : 1
1 त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर यरूशलेममा तिनका पिताको सट्टामा राजा तुल्‍याए।

यर्मिया 22 : 11
11 किनभने योशियाहका छोरा शल्‍लूम, जो आफ्‍ना बुबाको सट्टामा यहूदाका राजा भए र जो यस ठाउँदेखि गएका छन्, तिनको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “त्‍यो फेरि कहिल्‍यै यहाँ फर्केर आउनेछैन,

२ राजाहरू 23 : 32
32 तिनले आफ्‍ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

२ राजाहरू 23 : 35
35 फारोले मागेका सुन र चाँदी तिर्नलाई यहोयाकीमले देशमाथि कर लगाए। तोकिएको करअनुसार देशका मानिसहरूबाट सुन र चाँदी तिनले जबरदस्‍तसाथ लिए।

२ इतिहास 36 : 4
4 मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्‍याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्‍याए। उनले तिनको नाउँ यहोयाकीममा बदली गरे। तर नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे।

यर्मिया 22 : 12
12 तर जुन ठाउँमा तिनीहरूले त्‍यसलाई कैद गरेर लगेका छन्, त्‍यहाँ त्‍यो मर्नेछ, र त्‍यसले फेरि कहिल्‍यै यो देश देख्‍न पाउनेछैन।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *