यहूदीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यहूदीहरू

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

प्रकाश 2 : 9
9 म तिम्रा कष्‍टहरू र तिम्रो दरिद्रतालाई जान्‍दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्‍दछु, जसले आफूलाई यहूदी हौं त भन्‍छन्, तर वास्‍तवमा तिनीहरू होइनन्‌। तिनीहरूले गरेका निन्‍दा म जान्‍दछु। तिनीहरू शैतानको सभाघर हुन्‌।

यूहन्‍ना 1 : 11
11 उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌।

रोमी 10 : 12 – 14
12 किनकि यहूदी र अन्‍यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्‍छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्‍नो प्रशस्‍त आशिष्‌ दिनुहुन्‍छ।
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
14 तर जसलाई विश्‍वास गरेकै छैनन्‌ उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन्‌ उहाँमाथि तिनीहरूले कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍ने?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *