म तिमीलाई कहिल्यै छोड्ने छैन र तिमीलाई त्याग्ने छैन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् म तिमीलाई कहिल्यै छोड्ने छैन र तिमीलाई त्याग्ने छैन

व्यवस्था 31 : 8
8 परमप्रभु आफै तिम्रो अगि जानुहुन्‍छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ। नडराऊ, निरुत्‍साह नहोऊ।”

व्यवस्था 31 : 6
6 बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”

हिब्रू 13 : 5
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”

यहोशू 1 : 9
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”

१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

मत्ती 28 : 20
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

हिब्रू 13 : 5 – 6
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”
6 यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?”

फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।

हिब्रू 13 : 6
6 यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?”

भजनसंग्रह 55 : 22
22 तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्‍हाल्‍नुहुनेछ। उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन।

रोमी 8 : 28
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

यहोशू 1 : 5
5 तेरो जीवनभरि तेरो सामुन्‍ने कोही मानिस खड़ा हुन सक्‍नेछैन। जसरी म मोशासँग रहें, त्‍यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्‌ने, अनि तँलाई त्‍याग्‍नेछैनँ।

२ तिमोथी 1 : 7
7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

१ इतिहास 28 : 20
20 दाऊदले आफ्‍ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्‍साहित नहोऊ, किनकि परमप्रभु परमेश्‍वर, मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले न त तिमीलाई निराश तुल्‍याउनुहुनेछ न तिमीलाई त्‍याग्‍नुहुनेछ।

हिब्रू 4 : 16
16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

हिब्रू 13 : 1 – 25
1 भातृ-प्रेम बनिरहोस्‌।
2 परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।
3 आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्‍यालखानमा हुनेहरूको ख्‍याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्‍याचारमा परेकाहरूलाई पनि सम्‍झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ।
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”
6 यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?”
7 आफ्‍ना अगुवाहरूको सम्‍झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्‍यान देओ, र तिनीहरूका विश्‍वासको अनुकरण गर।
8 येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।
9 विभिन्‍न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्‍बन्‍धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्‍यस्‍ता विधि पालन गर्नेहरूको उपकार भएको छैन।
10 हाम्रो एउटा वेदी छ, जसबाट पवित्र वासस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।
11 प्रधान पूजाहारीले पापबलिको निम्‍ति जनावरको रगत महापवित्र स्‍थानमा ल्‍याउँछन्, तर तिनका शरीरचाहिँ छाउनीबाहिर लगेर जलाइन्‍छन्‌।
12 यसकारण येशूले पनि उहाँको आफ्‍नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्‍ट भोग्‍नुभयो।
13 यसैकारण हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको बेइज्‍जत हामी पनि सहौं।
14 किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं।
15 यसकारण परमेश्‍वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्‍तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो।
16 भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ।
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
18 हाम्रो निम्‍ति प्रार्थना गर। हामीलाई निश्‍चय छ कि हाम्रो विवेक स्‍वच्‍छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ।
19 तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्‍ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ।
20 अब भेड़ाका महान्‌ गोठाला हाम्रा प्रभु येशूलाई अनन्‍त करारको रगतद्वारा मृत्‍युबाट जीवित पार्नुहुने शान्‍तिका परमेश्‍वरले
21 तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्‍छा पूरा गर्न सक। जे परमेश्‍वरलाई मनपर्दो छ येशू ख्रीष्‍टद्वारा उहाँले तिमीहरूमा गरून्‌। उहाँको महिमा युगानयुग भइरहोस्‌। आमेन।
22 भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु, कि मेरो अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु।
23 तिमीहरूलाई यो थाहा दिन चाहन्‍छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्‌। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्‌न आउनेछु।
24 तिमीहरूका सबै अगुवाहरू र सबै सन्‍तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
25 तिमीहरू सबैसँग अनुग्रह रहोस्‌। आमेन।

मीका 7 : 7
7 तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्‍छु। मलाई बचाउनुहुने परमेश्‍वरको प्रतीक्षा गर्छु। मेरा परमेश्‍वरले मेरो बिन्‍ती सुन्‍नुहुनेछ।

प्रकाश 3 : 10
10 तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।

लूका 21 : 28
28 जब यी कुरा हुन थाल्‍छन्‌ तब खड़ा होओ र आफ्‍नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *