मौरी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मौरी

व्यवस्था 1 : 44
44 अनि पहाड़मा बस्‍ने एमोरीहरूले तिमीहरूका मुकाबिला गरे, र मौरीको हूलले मानिसलाई खेदेझैँ तिमीहरूलाई खेदे, र सेइरदेखि होर्मासम्‍म उनीहरूले तिमीहरूलाई परास्‍त गरे।

न्यायकर्ताहरू 14 : 8
8 केही समयपछि त्‍यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्‍यस सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर लागे, र त्‍यसमा मौरीसमेतको चाका देखे।

भजनसंग्रह 118 : 12
12 तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्‍तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।

यशैया 7 : 18
18 त्‍यो दिन परमप्रभुले मिश्रदेशका टाढ़ाका खोलाहरूबाट झीँगाहरू र अश्‍शूर देशका मौरीहरूलाई सुसेलीले बोलाउनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *