मौन प्रार्थना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मौन प्रार्थना

मत्ती 6 : 6
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

१ शमूएल 1 : 12 – 13
12 तिनले धेरै बेरसम्‍म परमप्रभुको सामु प्रार्थना गरिन्‌। एलीले तिनका ओठ चलेका देखे।
13 हन्‍नाह मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि सोरचाहिँ सुनिँदैनथ्‍यो। एलीले तिनी मातेकी स्‍त्री हो भनी ठाने।

उत्‍पत्ति 24 : 45
45 “मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *