मौनता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मौनता

विलाप 3 : 26
26 चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्‍छ।

भजनसंग्रह 46 : 10
10 “शान्‍त होओ, र म परमेश्‍वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्‍वीमा म उचालिनेछु।”

भजनसंग्रह 62 : 5
5 हे मेरो प्राण, परमेश्‍वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ।

अय्‍यूब 29 : 21
21 “मानिसहरू ठूलो आशा लिएर मेरो कुरा सुन्‍थे र मेरो सल्‍लाहको निम्‍ति चूपचाप पर्खिरहन्‍थे।

हितोपदेश 17 : 28
28 चूप लागिबस्‍ने मूर्ख पनि बुद्धिमान्‌ ठानिन्‍छ, र आफ्‍नो जिब्रोलाई लगाम लगायो भने त्‍यो विवेकी मानिन्‍छ।

भजनसंग्रह 141 : 3
3 हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्‌, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्‌।

मत्ती 11 : 15
15 जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।

यशैया 53 : 7
7 ऊ थिचोमिचोमा पर्‍यो, र उसलाई कष्‍ट पर्‍यो, तापनि उसले आफ्‍नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्‍तै ऊ डोर्‍याएर लगियो। आफ्‍नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्‍नो मुख खोलेन।

रोमी 10 : 17
17 जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।

प्रकाश 8 : 1
1 जब थुमाले सातौँ मोहोर तोड्‌नुभयो, तब प्राय: आधा घण्‍टासम्‍म स्‍वर्गमा सन्‍नाटा छायो।

भजनसंग्रह 62 : 1
1 सङ्गीत-निर्देशकको निम्‍ति यदूतूनको लागि दाऊदको भजन [1] मेरो प्राणले परमेश्‍वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ।

हितोपदेश 18 : 13
13 जसले सुन्‍न अघि नै जवाफ दिन्‍छ, त्‍यो त्‍यसको मूर्खता र शर्म हो।

हितोपदेश 12 : 23
23 एक समझदार मानिसले आफ्‍नो ज्ञान आफूसँगै राख्‍छ, तर मूर्खको हृदयले आफ्‍नो मूर्खता झ्‍वाट्टै प्रकट गर्छ।

फिलिप्पी 4 : 11 – 12
11 खाँचो पर्‍यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु।
12 कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु।

भजनसंग्रह 141 : 3 – 4
3 हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्‌, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्‌।
4 दुष्‍ट काम गर्ने मानिसहरूसित दुष्‍कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्‌, र मलाई तिनीहरूको स्‍वादिष्‍ठ भोजन खानु नपरोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *