यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मोसेस
गन्ती 11 : 10 – 15
10 आ-आफ्नो पालको ढोकामा उभिएर हरेक परिवारका मानिसहरू रोइरहेका मोशाले सुने। परमप्रभु ज्यादै क्रोधित हुनुभयो, र मोशा दु:खित भए।
11 मोशाले परमप्रभुलाई भने, “तपाईंले किन आफ्नो दासलाई यो दु:ख दिनुभएको छ? अनि किन मैले तपाईंको दृष्टिमा अनुग्रह पाएको छैनँ, र तपाईं मलाई यी सब मानिसहरूको भार बोकाउनुहुन्छ?
12 के यी मानिसहरूलाई मैले कोखमा राखेर जन्माएको हुँ? के तिनीहरूका पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा दूधे-बालकलाई धाईले बोकेझैँ यिनीहरूलाई बोकेर लैजान मलाई लगाउनुहुन्छ?
13 यी सब मानिसले खाने मासु म कहाँ पाऊँ? ‘हामीलाई मासु खान देऊ’ भनी तिनीहरू मकहाँ आएर रुन्छन्।
14 म एकलै यी मानिसहरूको भार सहन सक्दिनँ, किनभने यो भार मलाई साह्रै चर्को छ।
15 तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ भने, र मैले तपाईंको निगाह पाएको छु भने, बिन्ती छ, बरु मलाई मारिदिनुहोस्, र मैले आफ्नो विनाश आफै हेर्नु नपरोस्।”
प्रेरित 3 : 22
22 मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ।
हिब्रू 11 : 23 – 28
23 मोशा जन्मँदा तिनका आमा-बुबाले तिनलाई सुन्दर देखे, र विश्वासद्वारा तीन महिनासम्म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्।
24 जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्कार गरे।
25 पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे।
26 मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने। किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए।
27 राजाको क्रोधसँग नडराएर विश्वासद्वारा तिनले मिश्रदेश छोड़े। किनकि अदृश्य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्थिर रहे।
28 ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाड़को विधि पालन गरे र रगत छर्के।
प्रस्थान 3 : 10 – 22
10 यसकारण अब जा, मेरा प्रजा, अर्थात् इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारोकहाँ पठाउँदैछु।”
11 तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र?”
12 अनि परमेश्वरले भन्नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।”
13 मोशाले परमेश्वरलाई भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्ने?”
14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।
15 परमेश्वरले मोशालाई यो पनि भन्नुभयो, “इस्राएलीहरूलाई भन्, परमप्रभु, [1] तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ।
16 “जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर मकहाँ प्रकट भएर भन्नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्दैछौ सो मैले देखेको छु।
17 मैले तिमीहरूलाई मिश्रको कष्टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्ने देशमा लैजाने निश्चय गरेको छु’।”
18 “इस्राएलका धर्म-गुरुहरूले तेरो कुरा सुन्नेछन्। तब तँ र इस्राएलका ती धर्म-गुरुहरू मिश्रका राजाकहाँ जानेछौ, र तिमीहरूले त्यसलाई भन्नेछौ, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले हामीसित भेट गर्नुभएको छ, र अब हामी बिन्ती गर्दछौं, कि परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि चढ़ाउनलाई उजाड़-स्थानमा हामीलाई तीन दिनको यात्रामा जाने अनुमति दिनुहोस्।’
19 तर मलाई थाहा छ, कि मिश्रको राजाले करमा परेर मात्र तिमीहरूलाई जान दिनेछ।
20 यसकारण म मेरो हात उठाएर त्यहाँ तिनीहरूका बीचमा मेरा सारा आश्चर्यकर्महरूद्वारा मिश्रीहरूलाई प्रहार गर्नेछु, र त्यसपछि उनले तिमीहरूलाई जान दिनेछन्।
21 “म यस जातिमाथि मिश्रीहरूको निगाह राखिदिनेछु, र तिमीहरू जाँदा रित्तो हात लिएर जानेछैनौ।
22 हरेक स्त्रीले आफ्नो छिमेकी र त्यसको घरमा बस्ने स्त्रीलाई सुन र चाँदीका गहनाहरू र लुगाफाटाहरू माग्नेछ, र तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ।”
मर्कूस 9 : 2 – 8
2 त्यसको छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई उहाँको साथ लिई एउटा उच्च पहाड़मा लैजानुभयो। त्यहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो, अनि तिनीहरूका सामुन्ने उहाँको रूप बद्लियो।
3 अनि उहाँका वस्त्र उज्ज्वल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन।
4 त्यहाँ तिनीहरूकहाँ एलिया र मोशा देखा परे, र उनीहरू येशूसँग बातचीत गरिरहेका थिए।
5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्थान बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।”
6 तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्।
7 अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्यो, र बादलबाट एउटा आवाज निस्क्यो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन।”
8 अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्।
प्रस्थान 5 : 22
22 तब मोशा परमप्रभुकहाँ फर्केर गए, र भने, “हे प्रभु, तपाईंले यी मानिसहरूमा किन सङ्कष्ट ल्याउनुभएको छ? यसैको लागि मलाई पठाउनुभएको हो?
प्रस्थान 5 : 23
23 म तपाईंको नाउँमा बोल्नलाई फारोकहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्। तर तपाईंले आफ्ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन।”
गन्ती 27 : 22
22 तब परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार मोशाले गरे। तिनले यहोशूलाई लिएर एलाजार पूजाहारी र सारा समुदायको सामुन्ने खड़ा गराए।
प्रस्थान 33 : 11
11 परमप्रभु मोशासित यसरी आमने-सामने कुरा गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित कुरा गर्दछ। तब मोशा फर्केर छाउनीमा आउँथे, तर तिनको जवान सहायक, नूनका छोरा यहोशू, त्यस पालबाट निस्कँदैनथे।
प्रस्थान 16 : 3
3 अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।”
प्रेरित 7 : 37
37 “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूमध्येबाट तिमीहरूका निम्ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’
व्यवस्था 18 : 18
18 तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन्।
प्रस्थान 2 : 3
3 जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्, तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन्, र त्यसलाई तारपीन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नर्कट झाड़ीको बीचमा राखिदिइन्।
यशैया 29 : 12
12 अथवा यदि त्यो पुस्तकको मुट्ठा कुनै पढ्न नसक्ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ़िदिनुहोस्,” त्यसले भन्नेछ, “मलाई त पढ्नै आउँदैन।”
प्रस्थान 16 : 2
2 तब सारा समुदाय त्यहाँ मोशा र हारूनसित गनगनाउन लागे।
प्रस्थान 2 : 1 – 4
1 अब लेवीका कुलका एक जना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे।
2 अनि ती स्त्री गर्भवती भइन् र एक जना छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्।
3 जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्, तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन्, र त्यसलाई तारपीन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नर्कट झाड़ीको बीचमा राखिदिइन्।
4 अनि बालककी दिदीचाहिँ त्यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही।
प्रेरित 7 : 38
38 यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए।
प्रस्थान 5 : 1
1 त्यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “परमप्रभु इस्राएलीहरूका परमेश्वर यसो भन्नुहुन्छ, ‘उजाड़-स्थानमा मेरो निम्ति चाड़ मनाउनलाई मेरो प्रजालाई जान दे’।”
हिब्रू 11 : 23
23 मोशा जन्मँदा तिनका आमा-बुबाले तिनलाई सुन्दर देखे, र विश्वासद्वारा तीन महिनासम्म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्।
गन्ती 11 : 17
17 म तल आएर त्यहाँ तँसँग कुरा गर्नेछु। तँमाथि भएका आत्माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु। तिनीहरूले तँसँगसँगै ती मानिसहरूको भार बोक्नेछन्, र तैंले एकलै बोक्नु नपरोस्।
Leave a Reply