मोलेच

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मोलेच

प्रेरित 7 : 43
43 तिमीहरूले मोलोखको तम्‍बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्‍नलाई बनाएका मूर्तिहरू उठाइलग्‍यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’

१ राजाहरू 11 : 8
8 यसरी नै तिनले आफ्‍ना विदेशी पत्‍नीहरूका निम्‍ति ती देवताहरूका पूजा पनि गरे, र तिनीहरूले आ-आफ्‍ना देवताहरूलाई होमबलि चढ़ाउँथे र धूप बाल्‍थे।

२ राजाहरू 23 : 10
10 मोलोखको निम्‍ति कसैले पनि आफ्‍ना छोरा वा छोरीलाई होम गर्न प्रयोग नगरोस्‌ भनी बेन-हिन्‍नोमको बेँसीमा भएको तोपेतलाई तिनले अपवित्र तुल्‍याइदिए।

यर्मिया 32 : 35
35 आफ्‍ना छोराछोरीहरूलाई मोलोखको लागि आगोमा बलि चढ़ाउन तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताका अल्‍गा-अल्‍गा थानहरू बनाए। यहूदालाई पापमा पार्ने यस्‍ता घिनलाग्‍दा काम तिनीहरूले गरून्‌ भनी मैले तिनीहरूलाई कहिल्‍यै आज्ञा दिइनँ, न यस्‍तो कुरो कहिल्‍यै मेरो मनमा आएको थियो।

२ राजाहरू 16 : 3
3 इस्राएलका राजाहरूका चालमा तिनी हिँड़े। इस्राएलको सामुबाट जुन जातिहरूलाई परमप्रभुले निकाल्‍नुभएको थियो, तिनीहरूकै घिनलाग्‍दा चालमा हिँड़ेर तिनले आफ्‍नो छोरालाई पनि आगोमा होम गरे।

२ राजाहरू 21 : 6
6 तिनले आफ्‍नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए।

२ इतिहास 28 : 3
3 तिनले बेन-हिन्‍नोमको बेँसीमा बलिदानहरू पनि चढ़ाए। इस्राएलको सामुन्‍नेबाट जुन जातिहरूलाई परमप्रभुले देशबाट निकाल्‍नुभएको थियो, उनीहरूकै घिनलाग्‍दा चालमा हिँड़ेर तिनले आफ्‍ना छोराहरूलाई आगोमा होम गरे।

यशैया 57 : 5
5 तिमीहरू फलाँटका रूखहरूका बीचमा र हरेक झ्‍याम्‍म परेका रूखमुनि कामवासनाले उत्तेजित हुन्‍छौ। तिमीहरू आफ्‍ना छोराछोरीहरूलाई खोल्‍सा र चट्टानका धाँदाहरूमा बलि गर्छौ।

यर्मिया 7 : 31
31 आफ्‍ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्‍नोमको बेँसीमा तोपेतका अल्‍गा ठाउँहरू तिनीहरूले बनाएका छन्‌। यस्‍तो आज्ञा मैले दिएको थिइनँ, न त त्‍यो कुरा मेरो मनमा उब्‍जेको थियो।

इजकिएल 16 : 21
21 तैंले मेरा छोराछोरीहरूलाई मारेर ती मूर्तिहरूका निम्‍ति बलि चढ़ाइस्‌।

इजकिएल 20 : 26
26 मैले तिनीहरूलाई आफ्‍ना उपहारहरूद्वारा बिटुलो हुन दिएँ, अर्थात्‌ पहिले जन्‍मेको हरेकको बलिदानद्वारा, र तिनीहरू भयभीत होऊन्, ताकि तिनीहरूले म परमप्रभु हुँ भनी जानून्‌।

इजकिएल 20 : 31
31 जब तिमीहरू आफ्‍ना उपहारहरू चढ़ाउँछौ अर्थात्‌ आफ्‍ना छोराहरू आगोमा चढ़ाउने बलिदानहरू— तब आजको दिनसम्‍म पनि आफ्‍ना सबै मूर्तिहरूले तिमीहरू आफैलाई बिटुलो पार्दछौ। हे इस्राएलको घराना, के तिमीहरूलाई मसँग सोधपूछ गर्न दिनु र? परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जस्‍तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्न पाउनेछैनौ।

इजकिएल 23 : 37
37 किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातमा रगत छ। तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे। मेरो लागि जन्‍माएका तिनीहरूका छोराछोरीहरूलाई तिनीहरूले ती मूर्तिहरूका निम्‍ति खानलाई बलि चढ़ाए।

इजकिएल 23 : 39
39 जुन दिन तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई तिनीहरूका मूर्तिहरूका निम्‍ति बलि चढ़ाए, त्‍यही दिन तिनीहरू मेरो पवित्रस्‍थानभित्र पसे र त्‍यसलाई अपवित्र पारे। तिनीहरूले मेरो भवनमा यस्‍तै काम गरे।

लेवीहरू 18 : 21
21 “‘आफ्‍ना छोराछोरी मोलोखको निम्‍ति आगोमा चढ़ाएर आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र नपार्‌। म नै परमप्रभु हुँ।

लेवीहरू 20 : 5
5 म त्‍यस मानिस र त्‍यसको परिवारको विरोध गर्नेछु, र त्‍यसलाई र त्‍यसको साथमा मोलोख पछि लागेर आफूलाई वेश्‍यासमान बनाउने सबैलाई आफ्‍ना मानिसहरूबाट म बहिष्‍कार गरिदिनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *