यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मोर्टार
गन्ती 11 : 8
8 मानिसहरू गएर त्यो जम्मा गर्थे, जाँतोमा पिँध्थे वा ओखलीमा कुट्थे, र भाँड़ामा पकाएर फुरौला बनाउँथे। त्यसको स्वाद भद्राक्षको तेलले पकाएको कुरोजस्तो थियो।
प्रस्थान 1 : 14
14 अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए।
उत्पत्ति 11 : 3
3 तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे।
लेवीहरू 14 : 42
42 त्यसपछि तिनीहरूले अरू ढुङ्गा ल्याएर ती ढुङ्गाहरूका ठाउँमा लगाइदेऊन्, अनि अर्को लिउन ल्याएर घर पोतिदेऊन्।
लेवीहरू 14 : 45
45 त्यो घर भत्काइओस्, त्यसका ढुङ्गाहरू, काठपातहरू र सबै लिउनहरू लगेर सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालिओस्।
इजकिएल 13 : 15
15 यसरी म मेरो क्रोध त्यस पर्खालको विरुद्धमा र त्यो चूनले पोत्नेहरूका विरुद्धमा खन्याउनेछु। म तिमीहरूलाई भन्नेछु, “त्यो पर्खाल अब छैन, त्यसलाई चूनले पोत्नेहरू पनि छैनन्,
इजकिएल 22 : 28
28 त्यसका अगमवक्ताहरूले असत्य दर्शन देखेर र झूटा जोखना हेरेर ती कुकर्महरूलाई चूनले पोतेझैँ छोप्छन्। परमप्रभुले केही भन्नु नहुँदा पनि ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’ भनी तिनीहरू भन्छन्।
नहूम 3 : 14
14 घेरामा पर्ने दिनको निम्ति पानी भरेर राख्। तेरा किल्लाहरू बलिया पार्। काम गर्, हिलो खुट्टाले कुल्ची। इँटको काम मरम्मत गर्।
यशैया 41 : 25
25 “मैले कसैलाई उत्तर दिशादेखि उक्साएको छु, र तिनी आउँछन्। सूर्य उदय हुने दिशाबाट आएर तिनले मेरो नाउँ लिन्छन्। तिनले हिलोलाई कुल्चेझैँ शासकहरूलाई कुल्चनेछन्, कुमालेले माटो कुल्चेझैँ।
Leave a Reply