मोटो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मोटो

प्रस्‍थान 23 : 18
18 “मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ। मेरो निम्‍ति चाड़मा चढ़ाउने बलिको बोसो बिहानसम्‍म रहन नदेओ।

प्रस्‍थान 29 : 13
13 अनि तैंले आन्‍द्रा-भुँड़ी ढाक्‍ने सबै बोसो र कलेजाको मासु र दुवै मिर्गौला र तीमाथिको बोसो लिएर वेदीमा जलाउनू।

प्रस्‍थान 29 : 22
22 “तैंले त्‍यस भेड़ाको बोसो र बोसेपुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र कलेजाको मासु र बोसोसमेतको दुवै मिर्गौला र दाहिने साँप्रो लिनू। (त्‍योचाहिँ नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा हो।)

लेवीहरू 1 : 8
8 हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले वेदीमाथिको आगोमा राखेका दाउरामाथि ती टुक्राहरू, टाउको र बोसो सजाएर राखून्‌।

लेवीहरू 3 : 5
5 तब हारूनका छोराहरूले त्‍यसलाई वेदीमा आगोको दाउरामाथि भएको होमबलिमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हो।

लेवीहरू 3 : 11
11 पूजाहारीले ती परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्‍वरूप जलाऊन्‌।

लेवीहरू 3 : 16
16 पूजाहारीले ती मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्‍वरूप जलाऊन्‌। बोसोजति सबै परमप्रभुको हो।

लेवीहरू 4 : 10
10 मेलबलिको बलिदानमा चढ़ाइने साँढ़ेको बोसो झिकेझैँ पूजाहारीले ती होमबलिको वेदीमा जलाऊन्,

लेवीहरू 7 : 5
5 पूजाहारीले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्‌। यो दोषबलि हो।

लेवीहरू 8 : 16
16 मोशाले आन्‍द्रा-भुँड़ीहरू ढाक्‍ने जम्‍मै बोसो र कलेजो ढाक्‍ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए।

लेवीहरू 8 : 26
26 अनि परमप्रभुको सामुन्‍ने भएको अखमिरी रोटीको डालोबाट तिनले एउटा फुरौला, तेलमा मुछिएको एउटा रोटी र एउटा बाबर लिएर ती बोसो र दाहिने साँप्रोमाथि राखे।

लेवीहरू 10 : 15
15 आगोद्वारा चढ़ाइएका बलिहरूको बोसोसहित, प्रस्‍तुत गरिएको साँप्रो र डोलाइएको ह्याकुलो परमप्रभुको सामु डोलाइने बलिको निम्‍ति तिनीहरूले ल्‍याऊन्, र परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिमी र तिम्रा छोराछोरीहरूका निम्‍ति ती सदाको हक हुनेछ।”

लेवीहरू 17 : 6
6 पूजाहारीले त्‍यो रगतचाहिँ भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्कून्, र बोसोचाहिँ परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई जलाऊन्‌।

१ शमूएल 2 : 16
16 “पहिले बोसो जलाउन देऊ, र तिमीले मागेको जति लैजाऊ” भनी यदि कुनै मानिसले जवाफ दियो भने त्‍यस सेवकले यसो भन्‍थ्‍यो, “होइन, त्‍यो मलाई अहिले नै देऊ, नत्रता म जबरजस्‍ती खोसेर लैजानेछु।”

यशैया 43 : 24
24 तैंले मेरो निम्‍ति बास्‍ना आउने बोझो किनेर ल्‍याएको छैनस्, तेरा बलिदानहरूको बोसोले मलाई तृप्‍त पारेको छैनस्‌। तर तैंले मलाई तेरा पापले भार लगाएको छस्‌। तेरा अधर्मले गर्दा मलाई तैंले थकाएको छस्‌।

लेवीहरू 3 : 16
16 पूजाहारीले ती मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्‍वरूप जलाऊन्‌। बोसोजति सबै परमप्रभुको हो।

लेवीहरू 3 : 17
17 “‘तिमीहरूले बोसो र रगत नखाओ। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति तिमीहरू जहीँ बसे तापनि अनन्‍तको विधि होस्‌’।”

लेवीहरू 7 : 23
23 “इस्राएलीहरूलाई भन्‌: ‘तिमीहरूले साँढ़े कि भेड़ा वा बोकाको बोसो केही नखानू।

व्यवस्था 32 : 38
38 यी देवताहरू, जसले उनीहरूका बलिदानको बोसो खान्‍थे, र उनीहरूका अर्घको दाखमद्य पिउँथे? यिनीहरू उठेर तिमीहरूको सहायता गरून्‌! यिनीहरूले तिमीहरूलाई आश्रय देऊन्!

उत्‍पत्ति 45 : 18
18 र तिमीहरूका बुबा र तिनको परिवारका सबैलाई लिएर मकहाँ आओ। मिश्रको सबैभन्‍दा असल ठाउँ म तिमीहरूलाई दिनेछु र तिमीहरूले यस देशको असल उब्‍जनी खानेछौ।’

उत्‍पत्ति 49 : 20
20 “आशेरबाट उत्‍पन्‍न हुने अनाजहरू उत्तम हुनेछन्, र त्‍यसले राजकीय खाना बाँड़िदिनेछ।

भजनसंग्रह 37 : 20
20 तर दुष्‍टहरू त नष्‍ट हुनेछन्‌, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्‍तै छन्‌, तिनीहरू लोप भइजानेछन्‌, धूवाँजस्‍तै तिनीहरू लोप हुनेछन्‌।

भजनसंग्रह 81 : 16
16 तर म तिमीहरूलाई सबैभन्‍दा सर्वोत्तम गहूँ खुवाउनेथिएँ, र चट्टानको महले म तिमीहरूलाई तृप्‍त पार्नेथिएँ।”

यशैया 25 : 6
6 सर्वशक्तिमान्‌ परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्‍ति मीठा-मीठा थोकहरू— छिप्‍पिएको मद्य, असल-असल स्‍वादिष्‍ट थोकहरू, सबैभन्‍दा असल मद्यको भोज लाउनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *