मोआबिट्स

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मोआबिट्स

उत्‍पत्ति 19 : 37
37 तब जेठीले एक जना छोरो जन्‍माई र उसले त्‍यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्‌।

गन्ती 21 : 29
29 ए मोआब, तँलाई धिक्‍कार छ! ए कमोशको प्रजा, तँ नष्‍ट भइस्‌! त्‍यसले आफ्‍ना छोराहरूलाई भगुवाझैँ र आफ्‍ना छोरीहरूलाई कैदीझैँ एमोरीहरूका राजा सीहोनलाई दिएको छ।

गन्ती 21 : 13
13 त्‍यहाँबाट तिनीहरू यात्रा गरेर एमोरीहरूको सिमानाबाट निस्‍कने उजाड़-स्‍थानमा भएको अर्नोन खोलाको पारिपट्टि पाल टाँगे। अर्नोन खोला मोआबको सिमाना हो, जो मोआबी र एमोरीहरूका बीचमा पर्छ।

न्यायकर्ताहरू 11 : 18
18 “त्‍यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाड़-स्‍थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोनचाहिँ मोआबको सिमाना थियो।

व्यवस्था 2 : 9
9 तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोआबलाई दु:ख-कष्‍ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्‍साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्‍नँ, किनभने मैले आर सहर लोतका सन्‍तानको अधिकारमा दिएको छु।”

न्यायकर्ताहरू 11 : 18
18 “त्‍यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाड़-स्‍थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोनचाहिँ मोआबको सिमाना थियो।

गन्ती 22 : 4
4 मोआबीहरूले मिद्यानका बुढापाकाहरूलाई भने, “अब यस समुदायले हाम्रा चारैतिरको ठाउँलाई साँढ़ेले चउर-पाखा मिचेर घाँसपात स्‍वाहा पारेझैँ पार्नेछ।” त्‍यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए।

यहोशू 24 : 9
9 तब मोआबको राजा सिप्‍पोरको छोरा बालाकले इस्राएलीहरूसँग लड़ाइँ गर्‍यो। अनि तिमीहरूलाई सराप दिनलाई त्‍यसले बओरको छोरा बालामलाई डाकिपठायो।

मीका 6 : 5
5 हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्‍लाह गरेको थियो, र बओरको छोरा बालामले त्‍यसलाई के जवाफ दियो, त्‍यो स्‍मरण गर। शित्तीमदेखि गिलगालसम्‍मैको यात्रालाई सम्‍झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्‍न सक।”

गन्ती 25 : 3
3 यसरी इस्राएलीहरू पोरको बाल देवतालाई पुज्‍न लागे। अनि इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो।

रूथ 1 : 4
4 यी छोराहरूले मोआबी स्‍त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्‍यहाँ प्राय: दश वर्ष बसेपछि

१ राजाहरू 11 : 1
1 तापनि सोलोमन राजाले फारोकी छोरीबाहेक धेरै विदेशी स्‍त्रीहरू, मोआबी, अम्‍मोनी, एदोमी, सीदोनी र हित्ती स्‍त्रीहरूसित प्रेम गरे।

१ इतिहास 8 : 8
8 आफ्‍ना पत्‍नीहरू हुशीम र बारालाई त्‍यागेपछि मोआब देशमा सहरेमका छोराहरू जन्‍मे।

एज्रा 9 : 2
2 तिनीहरूले यी जातिहरूका चेलीबेटीहरूलाई आफू र आफ्‍ना छोराहरूका निम्‍ति पत्‍नीहरू राखेका छन्, र यसरी पवित्र जाति विदेशी मानिसहरूसँग मिसिएका छन्‌। र यसमा अगुवाहरू र अधिकारीहरू नै खास दोषी छन्‌।”

नहेम्‍याह 13 : 23
23 त्‍यस बेला पनि कुनै-कुनै यहूदाका मानिसहरूले अश्‍दोद, अम्‍मोन र मोआबका स्‍त्रीहरूलाई विवाह गरेका मैले भेट्टाएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *