यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मोआब
उत्पत्ति 19 : 37
37 तब जेठीले एक जना छोरो जन्माई र उसले त्यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्।
व्यवस्था 2 : 18
18 “आज तिमीहरूलाई मोआबको सिमानामा परेको आर सहर नाघेर जानुपरेको छ।
गन्ती 26 : 3
3 तब मोशा र एलाजार पूजाहारीले यरीहो पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा तिनीहरूलाई भेला गराएर यसो भने,
गन्ती 26 : 63
63 मोशा र एलाजार पूजाहारीबाट गनिएका सबै यिनीहरू नै थिए। तिनीहरूले इस्राएलीहरूलाई यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा गनेका थिए।
व्यवस्था 29 : 1
1 होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्।
यहोशू 13 : 32
32 यरीहोको पूर्वपट्टि, यर्दन पारि मोआबको मैदानमा मोशाले अधिकारको निम्ति बाँड़ेका भागहरू यी नै हुन्।
Leave a Reply