यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेशेक
उत्पत्ति 10 : 2
2 येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।
१ इतिहास 1 : 5
5 येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।
१ इतिहास 1 : 17
17 शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक।
भजनसंग्रह 120 : 5
5 धिक्कार मलाई, कि म मेशेकमा वास गर्दछु, र केदारका पालहरूका बीचमा बसेको छु!
इजकिएल 27 : 13
13 “‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गरे। तिनीहरूले आफ्ना कमारा-कमारीहरू र काँसाका भाँड़ाहरू तेरा व्यापारका मालसामानसित साटे।
इजकिएल 32 : 26
26 मेशेक र तूबल पनि त्यहाँ छन्, र तिनीहरूका चिहानका चारैतिर तिनीहरूका सबै सैन्य-दलहरू छन्। तिनीहरू सबै बेखतनावालहरू हुन्, र तिनीहरूले जीवितहरूको देशमा त्रास फैलाएका हुनाले तिनीहरू सबै तरवारले मारिएका थिए।
इजकिएल 38 : 3
3 र त्यसलाई भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।
Leave a Reply