मेरो जीवनको लागि भगवानले के चाहानुहुन्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेरो जीवनको लागि भगवानले के चाहानुहुन्छ

फिलिप्पी 2 : 12 – 13
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।

एफिसी 2 : 8 – 10
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

रोमी 2 : 6 – 8
6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7 धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ।
8 तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।

यूहन्‍ना 6 : 47 – 50
47 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले विश्‍वास गर्छ त्‍यससित अनन्‍त जीवन छ।
48 म जीवनको रोटी हुँ।
49 तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्‍थानमा मन्‍न खाए तापनि तिनीहरू मरेर गए।
50 स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *