यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेरी म्याग्डालिन
यूहन्ना 20 : 11 – 18
11 तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्,
12 र जहाँ येशूको मृत शरीर राखिएको थियो, त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतहरूलाई, एक जना शिरतिर र अर्का पाउतिर बसिरहेका तिनले देखिन्।
13 उनीहरूले तिनलाई भने, “नारी, किन रुन्छ्यौ?” तिनले उनीहरूलाई भनिन्, “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, म जान्दिनँ।”
14 यी कुरा भनेर तिनी पछिल्तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्छ भनी चिनिनन्।
15 येशूले तिनलाई भन्नुभयो, “नारी, तिमी किन रुँदैछ्यौ? कसलाई खोज्छ्यौ?” तिनले उहाँलाई माली भन्ठानेर भनिन्, “हजूर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्नुभएको छ मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु।”
16 येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, “रब्बोनी,” अर्थात् “हे गुरुज्यू!”
17 येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ गइरहेछु’।”
18 मरियम मग्दलिनी गइन्, र चेलाहरूलाई सुनाइन्, “मैले प्रभुलाई देखें।” अनि उहाँले भन्नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिइन्।
मर्कूस 16 : 9
9 [हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। तिनीबाट येशूले सात वटा भूतहरू निकाल्नुभएको थियो।
मर्कूस 16 : 1
1 शबाथ-दिन बितेपछि मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशूको शरीरमा घस्नलाई किने।
लूका 8 : 2
2 कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,
यूहन्ना 20 : 1
1 हप्ताको पहिलो दिन बिहान अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्।
लूका 8 : 1 – 3
1 त्यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।
2 कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,
3 हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना, र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे।
यूहन्ना 20 : 17
17 येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ गइरहेछु’।”
मर्कूस 15 : 47
47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।
यूहन्ना 19 : 25
25 यसकारण सिपाहीहरूले यो काम गरे। अनि येशूको क्रूसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।
लूका 7 : 36 – 50
36 फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए, र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो।
37 त्यस सहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई,
38 र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी।
39 उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो।”
40 येशूले त्यस फरिसीलाई भन्नुभयो, “ए सिमोन, तिमीलाई केही भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।”
41 “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए।
42 तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?”
43 सिमोनले भने, “म ठान्छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”
44 अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्ना केशले पुछी।
45 तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्बन गर्न छोड़ेकी छैन।
46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे।
47 यसकारण म तिमीलाई भन्दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ।”
48 अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रा पाप क्षमा भएका छन्।”
49 खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?”
50 उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसाथ जाऊ।”
यूहन्ना 20 : 11
11 तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्,
मर्कूस 15 : 40
40 त्यहाँ टाढ़ैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।
यूहन्ना 20 : 16
16 येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, “रब्बोनी,” अर्थात् “हे गुरुज्यू!”
लूका 24 : 10
10 ती स्त्रीहरूचाहिँ, मरियम मग्दलिनी, योअन्ना, र याकूबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने।
Leave a Reply