यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेरी
मत्ती 1 : 16
16 याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन्।
लूका 1 : 38
38 अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।
लूका 2 : 19
19 तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्।
लूका 1 : 56
56 मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्नो घर फर्किन्।
लूका 2 : 51
51 तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन्
यूहन्ना 2 : 10
10 “हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्छ। तिमीले त असल दाखमद्य अहिलेसम्म राखिछोड़ेछौ।”
मत्ती 12 : 47
47 तब एक जनाले येशूलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्छन्।”
मर्कूस 3 : 31
31 तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए।
लूका 8 : 19
19 उहाँका आमा र भाइहरू उहाँकहाँ आए, तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्।
यूहन्ना 19 : 27
27 तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे।
यूहन्ना 19 : 27
27 तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे।
प्रेरित 1 : 14
14 कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।
यशैया 7 : 14
14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल [1] राखिनेछ।
लूका 2 : 35
35 ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्। अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ।”
Leave a Reply