यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेरा भाइहरू रक्षक
गलाती 6 : 2
2 एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
उत्पत्ति 4 : 1 – 26
1 आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्माएँ।”
2 फेरि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए।
3 केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए।
4 तर हाबिलले आफ्ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो,
5 तर कयिन र उनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्यादै रिसाए, र उनको मुख अँध्यारो भयो।
6 तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ?
7 यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैंले ठीक काम गरिनस् भनेता पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।”
8 कयिनले आफ्ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे।
9 तब परमप्रभुले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”
10 परमप्रभुले भन्नुभयो, “यो तैंले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ।
11 तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उघार्यो।
12 तैंले भूमिको खेती गर्दा अब उप्रान्त त्यसले तँलाई आफ्नो उब्जनी दिनेछैन। तँ पृथ्वीमा एक विनाचैनको डुलुवा हुनेछस्।”
13 कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्ने कड़ा दण्ड मलाई भयो।
14 हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ, र तपाईंको उपस्थितिबाट मैले लुक्नुपर्नेछ। म पृथ्वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”
15 तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो।
16 तब कयिन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद [1] भन्ने देशमा बस्न लागे।
17 आफ्नी पत्नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कयिनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे।
18 हनोकबाट ईरादको जन्म भयो। ईरादबाट महूयाएलको जन्म भयो। महूयाएलबाट मतूशाएलको जन्म भयो। मतूशाएलबाट लेमेखको जन्म भयो।
19 लेमेखले दुई जना पत्नी ल्याए। एउटीको नाउँ आदा र अर्कीको सिल्ला थियो।
20 आदाले याबाललाई जन्माइन्। उनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए।
21 उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए।
22 सिल्लाले तूबल-कयिनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्।
23 लेमेखले आफ्ना पत्नीहरूलाई भने, “ए आदा र सिल्ला, मेरा कुरा सुन, ए लेमेखका पत्नी हो, मैले भनेका कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई।
24 यदि कयिनको बदला सात गुणा लिइन्छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”
25 फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्वरले एक जना अर्को बालक मलाई दिनुभयो।”
26 शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।
मत्ती 25 : 35
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
मत्ती 12 : 50
50 किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्।”
भजनसंग्रह 82 : 1 – 8
1 आसापको भजन [1] परमेश्वर ठूलो समुदायमा विराजमान हुनुहुन्छ, “देवहरूका” बीचमा उहाँले न्याय गर्नुहुन्छ।
2 तिमीहरू कहिलेसम्म अन्यायीहरूको पक्ष लिइबस्छौ, र दुष्टहरूको ओड़ थाप्छौ? सेला
3 दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर।
4 दुर्बल र दरिद्रहरूलाई छुटाओ, दुष्टहरूका हातबाट तिनीहरूलाई छुटकारा देओ।
5 “तिनीहरूको न ज्ञान छ, न समझ, तिनीहरू अन्धकारमा यताउता डुल्छन्। पृथ्वीका सारा जग नै हल्लिएका छन्।
6 “मैले भनें, “तिमीहरू “देव” हौ, र तिमीहरू सबै सर्वोच्चका छोराहरू हौ।’
7 तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ, र अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
8 हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्, किनकि सारा जातिहरू तपाईंको उत्तराधिकार हुन्।
एफिसी 4 : 15 – 16
15 बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।
16 उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
Leave a Reply