यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मृत बच्चाहरु
भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
15 जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
गलाती 1 : 15
15 तर, मेरो जन्म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरलाई,
उपदेशक 3 : 1 – 2
1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2 जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय।
उपदेशक 6 : 3 – 5
3 कुनै मानिस आफ्ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्म बाँच्यो, तर त्यो धेरै दिनसम्म बाँचेर पनि आफ्नो उन्नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्कार पनि पाएन भने, म भन्दछु कि त्योभन्दा त तुहेको बालकको दशा अझ असल हुन्छ।
4 यो तुहेको नानी व्यर्थमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ र अन्धकारले नै त्यसको नाम ढाक्दछ।
5 यसले कहिल्यै घाम देखेको हुँदैन, अथवा केही कुरा जानेको पनि हुँदैन, तापनि त्यस मानिसको भन्दा यसको विश्राम असल हुन्छ।
मर्कूस 10 : 13 – 16
13 मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन् भन्ने उद्देश्यले उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे।
14 तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
15 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन, त्यो कदापि त्यसभित्र पस्नेछैन।”
16 अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो।
मत्ती 18 : 14
14 यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्छा छ, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट नहोस्।
यशैया 49 : 1
1 हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्मनुभन्दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ।
Leave a Reply