यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मृत्यु र मृत्यु
यूहन्ना 14 : 1 – 3
1 “तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर।
2 मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु?
3 अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।
यूहन्ना 11 : 25
25 येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।
उपदेशक 12 : 7
7 जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर।
दानिएल 12 : 2
2 पृथ्वीको धूलोमा सुतेका भीड़हरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्त तिरस्कारको लागि।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
१ कोरिन्थी 15 : 51 – 54
51 हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ,
52 एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।
53 किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ।
54 जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।”
मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
लूका 23 : 43
43 उहाँले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
२ कोरिन्थी 5 : 6 – 8
6 यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौं, कि हामी जबसम्म शरीरमा रहन्छौं, तबसम्म प्रभुबाट अलग हुन्छौं।
7 किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।
8 हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं।
फिलिप्पी 3 : 20 – 21
20 तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं।
21 उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।
यूहन्ना 14 : 1
1 “तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर।
यूहन्ना 14 : 3
3 अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।
यूहन्ना 5 : 28 – 29
28 “यसमा अचम्म नमान, किनभने समय आइरहेछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्,
29 र बाहिर निस्किआउनेछन्: सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, र कुकर्म गर्नेहरूचाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति।
भजनसंग्रह 145 : 20
20 उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।
भजनसंग्रह 115 : 17
17 मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृत-लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।
भजनसंग्रह 16 : 10
10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा [1] छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
प्रकाश 20 : 15
15 जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो।
उपदेशक 9 : 10
10 तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर, किनभने चिहानमा, [1] जहाँ तिमी जान्छौ, त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ।
रोमी 8 : 11
11 तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
Leave a Reply