मृत्यु पछि जनावरहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मृत्यु पछि जनावरहरू

उपदेशक 3 : 19 – 20
19 मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो।
20 सबै एउटै ठाउँमा जान्‍छन्, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌।

अय्‍यूब 12 : 10
10 जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्‍मा परमेश्‍वरकै हातमा छ।

उपदेशक 12 : 7
7 जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्‍मा दिनुहुने परमेश्‍वरकहाँ आत्‍मा जान अघि उहाँको नै सम्‍झना गर।

यशैया 11 : 6 – 9
6 ब्‍वाँसोचाहिँ थुमासित बस्‍नेछ, र चितुवा पाठासित सुतेर बस्‍नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।
7 गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्‍केर बस्‍नेछन्‌। र सिंहले गोरुले झैँ पराल खानेछ।
8 दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्‍नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्‍नो हात हाल्‍नेछ।
9 तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्‍सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्‍वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।

लूका 3 : 6
6 र सबै प्राणीले परमेश्‍वरको मुक्ति देख्‍नेछन्‌।”

उपदेशक 3 : 21
21 मानिसको आत्‍माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्‍छ भनी कसले जान्‍दछ र?

भजनसंग्रह 36 : 6
6 तपाईंको धार्मिकता विशाल पहाड़हरूजस्‍तै छ, तपाईंको न्‍याय अगाध समुद्रजस्‍तै छ। हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्‍नुहुन्‍छ।

हितोपदेश 12 : 10
10 धर्मी मानिसले आफ्‍नो पशुको वास्‍ता गर्छ, तर दुष्‍टको सबैभन्‍दा दयालु काम पनि निर्दयी हुन्‍छ।

उत्‍पत्ति 1 : 30
30 अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।

रोमी 8 : 19 – 26
19 सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।
20 सृष्‍टि व्‍यर्थताको वशमा पारियो, त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा,
21 कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।
22 हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।
23 सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।
24 किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?
25 तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्‍यसको प्रतीक्षा गर्छौं।
26 त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।

यूहन्‍ना 3 : 18
18 जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *