मृतकलाई उठाउँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मृतकलाई उठाउँदै

इजकिएल 37 : 13
13 तब हे मेरा प्रजा, जब म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकालेर ल्‍याउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।

लूका 7 : 11 – 17
11 भोलिपल्‍ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए।
12 जब उहाँ सहरको ढोका नजिक पुग्‍नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो।
13 जब प्रभुले तिनलाई देख्‍नुभयो, तब तिनलाई टिठ्याएर भन्‍नुभयो, “नरोऊ।”
14 अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्‍नेहरू टक्‍क अड़िए। उहाँले भन्‍नुभयो, “ए युवक, म तिमीलाई भन्‍दछु, ‘उठ’।”
15 तब मृत मानिस उठेर बस्‍यो, र बोल्‍न लाग्‍यो। येशूले त्‍यसलाई आमाको जिम्‍मा लगाउनुभयो।
16 तब सबै भयभीत भए, र परमेश्‍वरको महिमा गरे, र भने, “एक जना महान्‌ अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्‍वरले आफ्‍नो प्रजामाथि कृपा गर्नुभएको छ।”
17 उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्‍त जिल्‍लाहरूमा फिँजियो।

प्रेरित 2 : 24
24 उहाँलाई परमेश्‍वरले मृत्‍युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्‍युको अधीनमा उहाँ भइरहनु असम्‍भव थियो,

प्रेरित 20 : 7 – 12
7 हप्‍ताको पहिलो दिनमा जब हामी रोटी भाँच्‍नलाई जम्‍मा भयौं, तब पावलले चाहिँ भोलिपल्‍ट जाने इच्‍छा गरेका हुनाले, तिनीहरूसँग मध्‍यरातसम्‍म बातचीत गरिरहे।
8 हामी भेला भएको माथिल्‍लो तलाको कोठामा धेरै बत्तीहरू थिए।
9 युटिकस नाउँ भएको एक जना युवक झ्‍यालमा बसेको थियो। पावलले धेरै बेरसम्‍म कुरा गरिरहँदा त्‍यो गहिरो निद्रामा पर्‍यो र निद्राको वशमा परी त्‍यो तेस्रो तलाबाट खस्‍यो र त्‍यसलाई तिनीहरूले मृत अवस्‍थामा उठाए।
10 तब पावल तल ओर्ले, र घोप्‍टो परी त्‍यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्‍यो जीवितै छ।”
11 तब तिनी माथि उक्‍ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्‍यालो नभइञ्‍जेल धेरै बेर बातचीत गरिबसे। त्‍यसपछि बिदा भए।
12 अनि तिनीहरूले त्‍यस युवकलाई जीवित अवस्‍थामै लगे र धेरै सान्‍त्‍वना पाए।

प्रेरित 17 : 31
31 किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्‍यक्तिद्वारा धार्मिकतामा संसारको इन्‍साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”

यूहन्‍ना 5 : 21
21 किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्‍छ र तिनीहरूलाई जीवन दिनुहुन्‍छ, त्‍यसरी नै पुत्रले पनि जसलाई इच्‍छा गर्दछ, त्‍यसलाई जीवन दिँदछ।

प्रेरित 2 : 32
32 यिनै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *