यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मूर्तिपूजकता
व्यवस्था 18 : 9 – 14
9 परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू।
10 आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्।
12 यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।
13 परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरू निर्दोष हुनुपर्छ।
14 तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्छन्। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ।
प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित सल्लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
मत्ती 25 : 46
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
प्रकाश 22 : 15
15 बाहिरचाहिँ कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजकहरू र असत्य मन पराउने र त्यसैमुताबिक चल्नेहरू रहन्छन्।
लेवीहरू 20 : 6
6 “‘जुन मानिस झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर लागेर मलाई विश्वासघात गर्छ, त्यसको विरोध गरेर म त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गर्नेछु।
याकूब 4 : 12
12 व्यवस्था दिने र न्यायकर्ता त एउटै हुनुहुन्छ, जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ। तर आफ्नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?
हिब्रू 6 : 4 – 8
4 किनकि तिनीहरू, जसले एक चोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्माका सहभागी भएका छन्,
5 र परमेश्वरको उत्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्,
6 त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्चात्ताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ। किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि क्रूसमा टाँग्छन्, र खुल्लमखुल्ला उहाँको अपमान गर्छन्।
7 जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्ति खनजोत गरिएको छ, र तिनीहरूका निम्ति मन पर्ने अन्न-बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष् पाउँछ।
8 तर त्यसैले काँढ़ा र सिउँड़ीहरू उमार्यो भने त्यो बेकम्मा हुन्छ, र परमेश्वरको सराप पर्न सक्छ। अन्त्यमा त्यो जलाइन्छ।
Leave a Reply