यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मूर्ख
रोमी 16 : 17
17 भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्तको विरुद्धमा फूट र बाधा-विघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस।
२ तिमोथी 4 : 3
3 किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,
१ तिमोथी 6 : 3 – 5
3 यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने,
4 त्यो घमण्डले फुलेको हुन्छ, र त्यसले केही जानेको हुँदैन। त्यसले व्यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्द लिएर झगड़ा गर्न खोजिहिँड्छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन्,
5 र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्।
२ तिमोथी 3 : 16
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
Leave a Reply