मुटुलाई नरम बनाउँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मुटुलाई नरम बनाउँदै

इजकिएल 36 : 26
26 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्‍मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्‍यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु।

इजकिएल 11 : 19
19 अनि म तिनीहरूलाई विभक्त नहुने हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्‍मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु।

यर्मिया 17 : 9
9 मानिसको हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, र त्‍यसलाई निको पार्न सकिँदैन। त्‍यसलाई कसले जान्‍न सक्‍छ र?

यूहन्‍ना 12 : 39 – 40
39 यसकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनभने यशैयाले फेरि यसो भनेका छन्,
40 “उहाँले तिनीहरूका आँखा बन्‍द गरिदिनुभएको छ, र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, यसरी तिनीहरूले आँखाले नदेखून्, अनि हृदयले नबुझून्, नत्रता तिनीहरू फर्कनेछन्‌ र मैले तिनीहरूलाई निको पार्नुपर्छ।”

उत्‍पत्ति 6 : 5
5 पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।

प्रेरित 16 : 31
31 अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”

मत्ती 15 : 19
19 किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌।

उत्‍पत्ति 20 : 6
6 तब परमेश्‍वरले उनलाई सपनामा भन्‍नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्‌। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्‍यसलाई छुन दिइनँ।

प्रस्‍थान 9 : 16
16 तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्‌।

यर्मिया 24 : 7
7 म नै परमप्रभु हुँ भनी चिन्‍ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु, किनभने तिनीहरू आफ्‍नो सम्‍पूर्ण हृदयले मकहाँ फर्कनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *