यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मुक्ति
भजनसंग्रह 18 : 2
2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ़।
लूका 1 : 69
69 उहाँले हाम्रा निम्ति आफ्ना दास दाऊदको वंशमा एक शक्तिशाली मुक्तिदाता खड़ा गर्नुभएको छ,
२ शमूएल 22 : 51
51 उहाँले आफ्ना राजाहरूलाई महान् विजय दिनुहुन्छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्नो अचूक करुणा देखाउनुहुन्छ।”
यशैया 59 : 17
17 उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्त्र लाउनुभयो र जोशलाई पोशाकजस्तै पहिरिनुभयो।
एफिसी 6 : 17
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
२ शमूएल 22 : 36
36 तपाईंले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ, स्वयम् तपाईं मलाई महान् बनाउन झुक्नुहुन्छ।
यशैया 62 : 1
1 सियोनको खातिर म चूप लाग्नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्नेछैनँ, जबसम्म त्यसको धार्मिकता उषाको उज्यालोजस्तै र त्यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन।
भजनसंग्रह 116 : 13
13 उद्धारको कचौरा उच्च उठाएर परमप्रभुका नाउँको म पुकार गर्नेछु।
२ इतिहास 6 : 41
41 “हे परमप्रभु परमेश्वर, अब उठ्नुहोस्, आफ्नो विश्रामको ठाउँमा आउनुहोस्, तपाईं र तपाईंका शक्तिको सन्दूक। हे परमप्रभु परमेश्वर, तपाईंका पूजाहारीहरू उद्धारको वस्त्रले पहिराइऊन्, र तपाईंका पवित्र जनहरूले तपाईंको भलाइमा आनन्द गरून्।
भजनसंग्रह 132 : 16
16 यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
भजनसंग्रह 149 : 4
4 किनकि परमप्रभु आफ्ना प्रजासँग प्रसन्न हुनुहुन्छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्छ।
यशैया 61 : 10
10 म परमप्रभुमा साह्रै आनन्दित हुन्छु। मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ— जसरी दुलहाले आफ्नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्नहरूले आभूषित गर्छिन्।
यशैया 12 : 3
3 आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।
यशैया 26 : 1
1 त्यस दिन यहूदाको देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ। परमेश्वरले त्यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्छ।
यशैया 60 : 18
18 तेरो देशमा फेरि कहिल्यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा।
हबकूक 3 : 8
8 के तपाईंको क्रोध नदीहरूका विरुद्धमा थियो, हे परमप्रभु? के तपाईंको रीस खोलाहरूका विरुद्धमा थियो? जब तपाईं आफ्ना घोड़ाहरूमाथि र आफ्ना विजयका रथहरूमाथि सवार हुनुभयो, के तपाईं क्रोधित हुनुभएको थियो?
१ कोरिन्थी 15 : 57
57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
गन्ती 21 : 9
9 तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे।
Leave a Reply