यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मुकुट
२ तिमोथी 4 : 8
8 अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुनेछ।
प्रकाश 2 : 10
10 तिमीले भोग्नै लागेका कष्टहरूसँग नडराओ। हेर, दियाबलसले [1] तिमीहरूमध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।
याकूब 1 : 12
12 त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
प्रकाश 6 : 2
2 अनि मैले एउटा सेतो घोडा देखें, त्यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्यसलाई एउटा मुकुट दिइयो, अनि त्यो विजयी भएर विजय गर्न निस्क्यो।
भजनसंग्रह 21 : 3
3 तपाईंले उत्तम आशिष् लिएर उनलाई स्वागत गर्नुभयो। तपाईंले निखुर सुनको शिरपेच उनको शिरमा लगाइदिनुभयो।
प्रकाश 4 : 4
4 त्यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें।
यशैया 62 : 3
3 तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्।
प्रकाश 4 : 10
10 तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्ने घोप्टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्डवत् गर्दछन्, र तिनीहरूका आ-आफ्ना मुकुट सिंहासनको सामुन्ने राखेर यसरी गाउँछन्:
प्रकाश 3 : 11
11 म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन।
१ कोरिन्थी 9 : 25
25 खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
यूहन्ना 19 : 5
5 तब काँढ़ाको मुकुट र बैजनी रङ्गको वस्त्र पहिरिएका येशू बाहिर आउनुभयो, र पिलातसले तिनीहरूलाई भने, “हेर, यो मानिस!”
प्रकाश 12 : 1
1 स्वर्गमा एउटा आश्चर्यजनक चिन्ह देखियो: सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो, र त्यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।
Leave a Reply