यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मिर्र
श्रेष्ठगीत 4 : 6
6 झिसमिसे बिहान नआएसम्म र छाया हराउँदै नगएसम्म, म मूर्रको पर्वतमा र धूपको डाँड़ामा जानेछु।
श्रेष्ठगीत 4 : 14
14 जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्धित मसलाहरू।
श्रेष्ठगीत 5 : 1
1 हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएँ, मैले मेरो सुगन्धित मसलासमेत मेरो मूर्र बटुलें। मैले मेरो महको चाका र मेरो मह खाएँ। मैले मेरो दाखमद्य र मेरो दूध पिएँ। खाओ, हे मित्रहरू हो, र पिओ, अघाउञ्जेल पिओ, प्रेमीहरू हो।
प्रस्थान 30 : 23
23 “तैंले असल-असल मसला, अर्थात् ५०० शेकेल [3] तरल मूर्र र त्यसको आधा, अर्थात् २५० शेकेल [4] दालचिनी, र २५० शेकेल बोझो,
एस्तर 2 : 12
12 छ महिना मूर्रको तेल दलेर र छ महिना अत्तर र सिङ्गारका वस्तुहरूले सिँगारिदिएर स्त्रीहरूलाई तयारी हुने तोकिएको पूरा समय बाह्र महिना थियो। समय पूरा भएपछि अहासूरस राजाकहाँ जाने हरेक युवतीको पालो आउँथ्यो।
भजनसंग्रह 45 : 8
8 तपाईंका सबै पोशाकहरू मूर्र, एलवा र तेजपातको बास्नाले सुगन्धित छन्। हस्ती हाड़ले सुसज्जित महलबाट तारको सुरिलो सङ्गीतले तपाईंलाई प्रसन्न तुल्याउँछ।
हितोपदेश 7 : 17
17 मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्धित तुल्याएकी छु।
श्रेष्ठगीत 3 : 6
6 व्यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर, उजाड़-स्थानबाट धूवाँको मुस्लाजस्तै, माथि आउँदै गरेका यिनी को हुन्?
श्रेष्ठगीत 5 : 13
13 उहाँका गालाहरू बास्ना फिँजाउने सुगन्धित मसलाका ड्याङजस्तै छन्। उहाँका ओठ मूर्रको रस चुहाउने लिली फूलहरूजस्ता छन्।
मत्ती 2 : 11
11 अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए।
मर्कूस 15 : 23
23 अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्यो ग्रहण गर्नुभएन।
यूहन्ना 19 : 39
39 अनि अघि उहाँकहाँ राती आउने निकोदेमस पनि प्राय: तेत्तीस किलो मूर्र र एलवा मिश्रित द्रव्य लिएर त्यहाँ आए।
उत्पत्ति 37 : 25
25 जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्तिर हेरे र मिश्रतिर सुगन्धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्माएली यात्री दललाई देखे।
उत्पत्ति 43 : 11
11 तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मूर्र, पेस्ता र हाड़े-बदाम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ।
Leave a Reply