यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मिज्पा
यहोशू 18 : 26
26 मिस्पा, कपीरा, मोशा,
न्यायकर्ताहरू 20 : 3
3 बेन्यामीनीहरूले इस्राएलीहरू मिस्पामा गएका छन् भन्ने कुरा सुने। “यस्तो दुष्ट कुरो कसरी भयो” भनी इस्राएलीहरूले सोधे।
न्यायकर्ताहरू 20 : 10
10 हामी इस्राएलका जम्मै कुलबाट हरेक एक सयबाट दश, हरेक हजारबाट एक सय र हरेक दश हजारबाट एक हजार गरी इस्राएलमा यस्तो अत्याचार गर्ने बेन्यामीनका गिबाको विरुद्धमा जानेहरूका निम्ति मानिसहरूबाट खानेकुरा जम्मा गर्नलाई लिनेछौं।”
१ शमूएल 7 : 5
5 तब शमूएलले भने, “सबै इस्राएलीहरूलाई मिस्पामा भेला गराओ र म तिमीहरूका लागि परमप्रभुसित प्रार्थना गर्नेछु।”
१ शमूएल 10 : 25
25 तब शमूएलले मानिसहरूलाई राजाका कामकाजको विषयमा बताइदिए, र तिनले त्यो एउटा कागतमा लेखेर परमप्रभुको सामुन्ने राखिदिए। त्यसपछि तिनले मानिसहरूलाई आ-आफ्नो घर जान बिदा गरे।
१ शमूएल 7 : 16
16 तिनले प्रतिवर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मारेर ती सबै ठाउँहरूमा न्याय गर्थे,
१ राजाहरू 15 : 22
22 तब आसा राजाले सारा यहूदालाई एउटा हुकुम दिए— कसैलाई पनि नछोड़ीकन— र तिनीहरूले त्यहाँ बाशाले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा र काठहरू प्रयोग गरेर आसा राजाले बेन्यामीनको गेबा र मिस्पालाई पनि निर्माण गरे।
२ इतिहास 16 : 6
6 त्यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्पालाई मजबूत पार्न ती प्रयोग गरे।
२ राजाहरू 25 : 23
23 जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेको कुरा सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए— नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू।
२ राजाहरू 25 : 25
25 तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खूनका थिए, दश जना मानिसहरूलाई लिएर आए, अनि गदल्याह र तिनीसँग मिस्पामा भएका यहूदा र बेबिलोनका मानिसहरूलाई हत्या गरे।
यर्मिया 40 : 15
15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस्। यो कुरा कसैले थाहा पाउनेछैन। तपाईंका चारैतिर जम्मा भएका यहूदीहरू तितरबितर हुनलाई, र यहूदाका बाँकी रहेकाहरू नष्ट हुनलाई त्यसले किन तपाईंको ज्यान लिने?”
यर्मिया 41 : 14
14 इश्माएलले मिस्पाबाट लगेका सबै कैदीहरू कारेहका छोरा योहानानकहाँ फर्केर गए।
Leave a Reply