यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मार्ग, लाक्षणिक
भजनसंग्रह 16 : 11
11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्थितिद्वारा तपाईंले आनन्दले मलाई गद्गद् पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्त आनन्द छ।
यशैया 35 : 9
9 त्यहाँ कुनै सिंह हुनेछैन, न त कुनै हिंसक पशु त्यहाँबाट भएर जानेछ। ती त्यहाँ पाइनेछैनन्। तर उद्धार पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्,
यर्मिया 6 : 16
16 परमप्रभु यसो भन्नुहुन्छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्यो सोध, र त्यसैमा हिँड, र तिमीहरूले आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी त्यसमा हिँड्नेछैनौं’।
होशे 14 : 9
9 को बुद्धिमान् छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्यसले यी कुराहरू बुझ्नेछ। परमप्रभुका मार्ग ठीक छन्। धर्मी जन तिनैमा हिँड्छन्, तर बागीहरू तिनमा ठेस खान्छन्।
मत्ती 7 : 14
14 किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्।
मत्ती 7 : 13
13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्।
यूहन्ना 14 : 6
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
हिब्रू 9 : 8
8 यसैबाट पवित्र आत्मा देखाउनुहुन्छ, कि जबसम्म बाहिरपट्टिको पवित्रस्थान रहिरहन्छ, तबसम्म महापवित्रस्थानभित्र जाने बाटो खुल्नेछैन।
प्रेरित 9 : 2
2 र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे।
प्रेरित 19 : 23
23 त्यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्चियो।
प्रेरित 22 : 4
4 मैले यस मार्गका मानिसहरूलाई मृत्युसम्मै सताएँ, अनि पुरुष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिएँ।
प्रेरित 24 : 14
14 तर यो म हजूरकै सामने स्वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्थ भन्दछन्, त्यहीबमोजिम व्यवस्थामा भएका कुरा र अगमवक्ताका पुस्तकमा लेखिएका सबै कुरा विश्वास गरी मेरा पुर्खाहरूका परमेश्वरको आराधना म गर्दछु।
प्रेरित 24 : 22
22 यस मार्गको विषयमा फेलिक्सलाई यथार्थ ज्ञान भएको हुनाले उनले यी कुराहरू सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, “सेनापति लुसियस यहाँ आएपछि म तिमीहरूको मुद्दा फैसला गरिदिनेछु।”
Leave a Reply