माया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माया

प्रस्‍थान 20 : 6
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।

व्यवस्था 5 : 10
10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।

व्यवस्था 6 : 5
5 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर।

व्यवस्था 7 : 9
9 यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्‍वर मात्र परमेश्‍वर हुनुहुन्‍छ, एक विश्‍वासयोग्‍य परमेश्‍वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्‍तामाथि उहाँले आफ्‍नो प्रेमको करार पूरा गर्नुहुन्‍छ, र दया देखाउनुहुन्‍छ।

व्यवस्था 10 : 12
12 यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्‌: तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्‍नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर,

व्यवस्था 11 : 1
1 परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, र उहाँका आदेश, विधिविधान र आज्ञाहरू सधैँ पालन गर।

व्यवस्था 13 : 3
3 तिमीहरूले त्‍यस अगमवक्ता वा स्‍वप्‍न-दर्शीका कुरा नसुन्‍नू। त्‍यो त तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो।

व्यवस्था 30 : 6
6 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले आफ्‍नो सारा हृदय र आफ्‍नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्‍तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक।

व्यवस्था 30 : 16
16 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्‌न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।

व्यवस्था 30 : 20
20 र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्‍दै र उहाँसँगै लीन बन्‍दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्‍छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्‍छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।

यहोशू 22 : 5
5 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा चल्‍नू, उहाँकै आज्ञाहरू पालन गर्नू, उहाँमै लीन भएर रहनू, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका आज्ञा र व्‍यवस्‍था पूरा ध्‍यान दिएर पालन गर।”

व्यवस्था 11 : 13
13 यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्‍वासयोग्‍यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ भने र आफ्‍नो सारा हृदय र प्राणले उहाँको सेवा गर्‍यौ भने,

व्यवस्था 11 : 22
22 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्‌न र उहाँलाई समातिराख्‍न भनी मैले तिमीहरूलाई मान्‍नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने,

यहोशू 23 : 11
11 यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न पूरा होशियार गर।

भजनसंग्रह 18 : 1
1 सङ्गीत-निर्देशकको निम्‍ति शत्रुहरू र शाऊलका हातबाट छुटकारा पाएकोमा दाऊदको भजन [1] हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु।

भजनसंग्रह 31 : 23
23 हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्‍वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्‍ड दिनुहुन्‍छ।

भजनसंग्रह 37 : 4
4 परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।

भजनसंग्रह 45 : 11
11 तिम्रो सौन्‍दर्यमा राजा मोहित हुनुभएको छ। उहाँलाई सम्‍मान देऊ, किनकि उहाँ तिम्रा स्‍वामी हुनुहुन्‍छ।

भजनसंग्रह 63 : 6
6 मेरो ओछ्यानमा म तपाईंको सम्‍झना गर्छु, र रातभरि तपाईंको ध्‍यान गर्छु।

भजनसंग्रह 69 : 36
36 उहाँका दासहरूका सन्‍तान त्‍यसको उत्तराधिकारी हुनेछन्‌, र उहाँको नाउँलाई प्रेम गर्नेहरू त्‍यहाँ वास गर्नेछन्‌।

भजनसंग्रह 73 : 26
26 मेरो तन र मन दुवै विफल होलान्‌, तर परमेश्‍वर सदासर्वदाको निम्‍ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्‍छ।

भजनसंग्रह 91 : 14
14 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु।

भजनसंग्रह 97 : 10
10 परमप्रभुलाई प्रेम गर्ने सबैले खराबीलाई घृणा गरून्‌। किनकि उहाँले आफ्‍ना भक्तजनहरूको प्राण रक्षा गर्नुहुन्‍छ, र दुष्‍टहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुन्‍छ।

भजनसंग्रह 116 : 1
1 परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्‍नुभयो, करुणाको निम्‍ति मेरो पुकार सुन्‍नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *