मानिसहरूलाई रूपान्तरण गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानिसहरूलाई रूपान्तरण गर्दै

एफिसी 2 : 8
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—

मत्ती 10 : 14 – 42
14 यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्‍यस घर अथवा सहरबाट निस्‍कँदा आफ्‍ना खुट्टाको धुलो टकटक्‍याइदेओ।
15 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा त्‍यस सहरको दशाभन्‍दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ।
16 “हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।
17 तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्‍पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्‌।
18 तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्‍ने खड़ा गराइनेछौ र तिनीहरू र अन्‍यजातिहरूका निम्‍ति साक्षी हुनेछौ।
19 तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्‍छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्‍नुपर्ने हो, त्‍यही घड़ी तिमीहरूलाई बताइनेछ।
20 किनभने बोल्‍ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्‍मा तिमीहरूद्वारा बोल्‍नुहुनेछ।
21 “भाइले भाइलाई मृत्‍युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लाउनेछन्‌।
22 मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ, त्‍यसैको उद्धार हुनेछ।
23 जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन्‌ तब अर्कोमा भाग। किनकि साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ।
24 “चेला आफ्‍ना गुरुभन्‍दा र कमारो आफ्‍ना मालिकभन्‍दा श्रेष्‍ठ हुँदैन।
25 चेला आफ्‍ना गुरुजस्‍तो र कमारो आफ्‍ना मालिकजस्‍तो हुनु यथेष्‍ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन्‌ भने, उनका परिवारकाहरूलाई झन्‌ कति बढ़ी भन्‍लान्‌?
26 “यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन।
27 जे म तिमीहरूलाई अन्‍धकारमा भन्‍दछु, त्‍यो तिमीहरूले उज्‍यालोमा भनिदेओ, र जे तिमीहरूले कानमा सुन्‍छौ, त्‍यो घरका धुरीहरूबाट प्रचार गर।
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।
29 के एक पैसामा दुई भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटा पनि तिमीहरूका पिताको इच्‍छाविना भूइँमा खस्‍नेछैन।
30 तिमीहरूका शिरका केशहरू पनि सबै गन्‍ती भएका छन्‌।
31 यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ्‌ता मूल्‍यवान्‌ छौ।
32 “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्‍वीकार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने स्‍वीकार गर्नेछु।
33 तर हरेक जसले मलाई मानिसहरूका सामुन्‍ने इन्‍कार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने इन्‍कार गर्नेछु।
34 “म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएको हुँ भनी नठान। शान्‍ति ल्‍याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।
35 किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ।
36 मानिसका शत्रु उसको आफ्‍नो परिवार भित्रकैहरू हुनेछन्‌।
37 “जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना बुबा वा आमालाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन। जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन।
38 जो आफ्‍नो क्रूस उठाएर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो योग्‍यको हुँदैन।
39 जसले आफ्‍नो प्राण जोगाउँछ, त्‍यसले त्‍यो गुमाउनेछ, र आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउनेले त्‍यो बचाउनेछ।
40 “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
41 अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।
42 जसले यी सानाहरूमध्‍ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले आफ्‍नो इनाम कदापि गुमाउनेछैन।”

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

मर्कूस 16 : 16
16 विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

२ पत्रुस 1 : 21
21 किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

मलाकी 4 : 6
6 त्‍यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।”

१ यूहन्‍ना 2 : 1 – 29
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्‍यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्‍छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्‍ट।
2 उहाँ हाम्रा पापका निम्‍ति प्रायश्‍चित हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मात्र होइन, तर सारा संसारका पापका निम्‍ति पनि।
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौं भने यसैबाट हामी थाहा पाउन सक्‍छौं, कि हामी उहाँलाई चिन्‍दछौं।
4 जसले “म उहाँलाई चिन्‍छु” भन्‍छ, तर उहाँका आज्ञाहरू उल्‍लङ्घन गर्छ, त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य छैन।
5 तर जसले उहाँको वचन पालन गर्छ, त्‍यसमा परमेश्‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्‍छ। हामी उहाँमा छौं भन्‍ने कुरामा यसैबाट निश्‍चित हुन्‍छौं।
6 उहाँमा रहन्‍छु भन्‍ने व्‍यक्ति आफै पनि उहाँको चालअनुसार चल्‍नुपर्छ।
7 प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्‍यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्‍दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्‍धकार बितिरहेछ, र साँचो ज्‍योति अघिदेखि नै चम्‍किरहेछ।
9 जसले आफू ज्‍योतिमा छु भनी भन्‍छ तर आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अझै पनि अन्‍धकारमा नै छ।
10 जसले आफ्‍नो भाइलाई प्रेम गर्छ, त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसमा ठक्‍करको कारण हुँदैन।
11 तर जसले आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अन्‍धकारमा हुन्‍छ, र अँध्‍यारोमा हिँड्‌छ, र त्‍यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसलाई अन्‍धो पारेको हुन्‍छ।
12 मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
14 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ।
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।
17 संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।
18 ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो।
19 तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌।
20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ।
21 तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
22 झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो।
23 पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ।
24 जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन।
26 तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु।
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो।
28 साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌।
29 उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *