मानिसहरूलाई अपमानजनक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानिसहरूलाई अपमानजनक

१ यूहन्‍ना 3 : 17
17 कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ?

१ कोरिन्थी 10 : 23 – 32
23 “सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्‌।
24 कसैले पनि आफ्‍नो भलाइ नखोजोस्, तर आफ्‍नो छिमेकीको भलाइ खोजोस्‌।
25 मासु पसलहरूमा के बेचिन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी त्‍यो खाओ।
26 किनभने “पृथ्‍वी र त्‍यसमा भएका यावत्‌ थोकहरू सबै परमप्रभुकै हुन्‌।”
27 कुनै एक अविश्‍वासीले तिमीहरूलाई भोजमा निम्‍तो दिँदा, तिमीलाई जाने इच्‍छा भयो भने तिम्रो अगाडि जे राखिदिएको हुन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी खाओ।
28 तर कोही मानिसले तिमीलाई “यो त बलिमा चढ़ाएको हो” भन्‍यो भने, बताइदिनेको खातिर र विवेकको खातिर, त्‍यो नखाओ।
29 तिम्रो होइन, तर त्‍यसको विवेकको खातिर। मेरो स्‍वतन्‍त्रताको न्‍याय अर्काको विवेकले किन हुने र?
30 यदि धन्‍यवाद दिएर म खाँदैछु भने, धन्‍यवाद दिएर खाएको भोजको निम्‍ति किन मेरो निन्‍दा हुने?
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।
32 कसैलाई ठेस लाग्‍ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्‍वरको मण्‍डलीलाई होस्‌।

रोमी 14 : 15
15 यदि तिमीले जे खान्‍छौ त्‍यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्‍ति ख्रीष्‍ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्‌।

१ यूहन्‍ना 3 : 11 – 12
11 तिमीहरूले सुरुदेखि नै सुनेको सन्‍देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”
12 कयिनजस्‍तो नहोओ, जो दुष्ट थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।

मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *