मानिसको हृदय

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानिसको हृदय

यर्मिया 17 : 9 – 10
9 मानिसको हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, र त्‍यसलाई निको पार्न सकिँदैन। त्‍यसलाई कसले जान्‍न सक्‍छ र?
10 “हरेक मानिसलाई त्‍यसको चालअनुसार र त्‍यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्‍यसका मनको म जाँच गर्छु।”

लूका 6 : 45
45 असल मानिसले आफ्‍नो हृदयको असल भण्‍डारबाट असलै थोक निकाल्‍दछ, र दुष्‍ट मानिसले आफ्‍नो हृदयको दुष्‍ट भण्‍डारबाट दुष्‍ट थोक नै निकाल्‍दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्‍छ, मानिसको मुखबाट त्‍यही निस्‍कन्‍छ।

१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”

भजनसंग्रह 51 : 10
10 हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌, र मभित्र एउटा स्‍थिर आत्‍मा पुनर्जीवित पार्नुहोस्‌।

लूका 8 : 15
15 तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।

इजकिएल 36 : 26
26 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्‍मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्‍यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु।

हितोपदेश 4 : 23
23 सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *