यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानिसको पतन
उत्पत्ति 3 : 19
19 माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस्, र माटैमा फर्किजानेछस्।”
उत्पत्ति 2 : 17
17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्।
अय्यूब 31 : 33
33 अरू मानिसहरूले आफ्ना पाप लुकाउन चेष्टा गरेझैँ, मैले मेरो हृदयमा मेरा पाप लुकाएको छु भने,
उपदेशक 7 : 29
29 यो मात्र मैले भेट्टाएको छु: परमेश्वरले मानिसलाई सोझो बनाउनुभयो, तर मानिसचाहिँ अनेक परिकल्पनाको खोजीमा लागेको छ।
यशैया 43 : 27
27 पहिलेको तेरो पिताले पाप गर्यो, र तेरा प्रवक्ताहरू मेरो विरुद्धमा बागी भए।
होशे 6 : 7
7 तिनीहरूले त आदमले झैँ करार भङ्ग गरेका छन्। त्यहाँ तिनीहरूले मेरो विरुद्धमा विश्वासघातको व्यवहार गरे।
रोमी 5 : 12
12 एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।
रोमी 5 : 14
14 आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन्। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।
रोमी 5 : 19
19 किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्।
रोमी 5 : 21
21 यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्।
१ कोरिन्थी 15 : 22
22 किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्।
२ कोरिन्थी 11 : 3
3 तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ।
Leave a Reply