मानव दिमाग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानव दिमाग

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

फिलिप्पी 2 : 5
5 तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

१ थेसलोनिकी 5 : 23
23 शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌।

२ कोरिन्थी 11 : 3
3 तर जसरी सर्पले आफ्‍नो चलाकीले हव्‍वालाई छल्‍यो, त्‍यसरी नै ख्रीष्‍टप्रतिका तिमीहरूको निष्‍कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन्‌ कि भनेर मलाई डर लागेको छ।

लूका 11 : 29 – 36
29 भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्‍नुभयो, “यो पुस्‍ता दुष्‍ट पुस्‍ता हो। यसले चिन्‍ह खोज्‍दछ, तर योनाको चिन्‍हबाहेक यसलाई अरू कुनै चिन्‍ह दिइनेछैन।
30 किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्‍ति चिन्‍ह भएथे, त्‍यही रीतिले मानिसको पुत्र पनि यस पुस्‍ताको निम्‍ति चिन्‍ह हुनेछ।
31 न्‍यायमा यस पुस्‍ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्‍वीको पल्‍लो छेउबाट सोलोमनको बुद्धि सुन्‍नलाई आएकी थिइन्‌। तर हेर, यहाँ एक जना छ, जो सोलोमनभन्‍दा महान्‌ छ।
32 निनवेका मानिसहरूले न्‍यायमा यस पुस्‍तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्‍दा महान्‌ छ।
33 “कसैले बत्ती बालेर गुप्‍त स्‍थानमा अथवा भाँड़ामुनि राख्‍दैन, तर भित्र पस्‍नेहरू सबैले उज्‍यालो देखून्‌ भनेर सामदानमा राख्‍तछ।
34 तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्‍यालो हुन्‍छ, तर त्‍यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्‍यारो हुन्‍छ।
35 यसकारण होशियार होओ, तिमीमा भएको उज्‍यालो अँध्‍यारो नहोस्‌।
36 यदि तिमीहरूको सम्‍पूर्ण शरीर उज्‍यालोले पूर्ण छ भने, तथा कुनै भाग अँध्‍यारो छैन भने, त्‍यो सम्‍पूर्ण उज्‍यालो हुन्‍छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्‍यालो दिन्‍छ।”

१ इतिहास 28 : 9
9 “अनि तिमी सोलोमन मेरा छोराचाहिँ, तिम्रा पिताका परमेश्‍वरलाई आफ्‍नै ईश्‍वर मान, र सारा हृदय र राजीखुशीको मनले उहाँको सेवा गर। किनभने परमप्रभुले हरेक हृदय जाँच्‍नुहुन्‍छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्‍छ। यदि उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने उहाँले तिमीलाई सधैँको निम्‍ति इन्‍कार गर्नुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *