यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानव अधिकार
हितोपदेश 31 : 8 – 9
8 “त्यस्ताहरूको पक्षमा बोल्, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, यस्ताहरूका अधिकारको निम्ति जो कङ्गाल छन्।
9 आवाज उठा र न्यायसँग फैसला गर्। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्।”
भजनसंग्रह 82 : 3
3 दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर।
यशैया 1 : 17
17 भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।
मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
उत्पत्ति 1 : 26
26 अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
Leave a Reply