मादकहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मादकहरू

१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।

१ कोरिन्थी 6 : 10
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।

एफिसी 5 : 18 – 20
18 दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।
19 एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै
20 सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ।

१ कोरिन्थी 5 : 11
11 तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

हितोपदेश 23 : 21
21 किनभने मतवाला र खन्‍चुवाहरू दरिद्र बन्‍छन्, र यस्‍तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्‍छन्‌।

हितोपदेश 20 : 1
1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।

यशैया 5 : 11
11 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्‌छन्, जो मातेर चूर हुन राती अबेरसम्‍म बस्‍छन्‌!

तीतस 2 : 3
3 यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌।

यशैया 5 : 22
22 धिक्‍कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्,

हितोपदेश 26 : 9
9 मतवालाको हातमा काँढ़े बिरुवा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो।

१ कोरिन्थी 6 : 9
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,

यशैया 28 : 1
1 एफ्राइमका मतवालाहरूको अहङ्कारका शिरको फूलमालालाई र त्‍यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्‍कार, जो मलिलो उपत्‍यकाको सिरानमा राखिएको छ। त्‍यो सहर जसको अहङ्कारलाई दाखमद्यले होच्‍याइएको छ।

यशैया 28 : 1 – 29
1 एफ्राइमका मतवालाहरूको अहङ्कारका शिरको फूलमालालाई र त्‍यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्‍कार, जो मलिलो उपत्‍यकाको सिरानमा राखिएको छ। त्‍यो सहर जसको अहङ्कारलाई दाखमद्यले होच्‍याइएको छ।
2 हेर, परमप्रभुको एक जना शक्तिशाली र बलियो जन छ। असिना र नाश गर्ने आँधीझैँ, भयङ्कर बाढ़ीको मुसलधार वर्षा र तूफानझैँ उहाँले जोडदार रूपमा त्‍यसलाई भूइँमा फालिदिनुहुनेछ।
3 एफ्राइमका मतवालाहरूको अङ्ककारका शिरको माला खुट्टामुनि कुल्‍चीमिल्‍ची हुनेछ।
4 त्‍यसको महिमित शोभाको ओइलाउने फूल, जो प्रशस्‍त उब्‍जनी हुने बेँसीको सिरानमा राखिएको छ, त्‍यो कटनीभन्‍दा पहिले पाकेको अञ्‍जीरजस्‍तो हुनेछ, जो कसैले देख्‍ने बित्तिकै हातमा लिएर निलिहाल्‍छ।
5 त्‍यस दिन आफ्‍नो प्रजाका बाँचेकाहरूका निम्‍ति सर्वशक्तिमान्‌ परमप्रभु आफै महिमाको मुकुट र सुन्‍दरताको माला हुनुहुनेछ।
6 उहाँ इन्‍साफ गर्नलाई बस्‍नेको निम्‍ति न्‍यायको आत्‍मा र सहरको मूल ढोकामा युद्ध गर्नेहरूका निम्‍ति शक्तिको स्रोत हुनुहुनेछ।
7 यिनीहरू पनि दाखमद्यले गर्दा धरमरिन्‍छन्, जाँड़ले गर्दा तिनीहरू लरबरिन्‍छन्‌: पूजाहारी र अगमवक्ता जाँड़ले धरमरिन्‍छन्‌। दाखमद्यले तिनीहरू लट्ठिएका छन्‌। तिनीहरू जाँड़ले गर्दा धरमरिएका छन्‌। दर्शन देख्‍दा तिनीहरू धरमरिन्‍छन्, निर्णय दिँदा तिनीहरू लरबराउँछन्‌।
8 सबै टेबिलहरू बान्‍ताले भरिएका छन्‌। फोहोर नभएको ठाउँ एउटै पनि छैन।
9 “त्‍यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्‍यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई?
10 किनकि यस्‍तो छ— गरिबस, गरिबस, शासन गर, शासन गर, यहाँ अलिकति, त्‍यहाँ अलिकति।”
11 त्‍यसो हो भने, अन्‍य भाषा र अरू नै बोलीद्वारा परमप्रभु यस प्रजासित बोल्‍नुहुनेछ,
12 जसलाई उहाँले भन्‍नुभयो, “विश्राम गर्ने ठाउँ यही हो, थाकेकाहरूले यहीँ नै विश्राम गरून्‌। अनि आरामको ठाउँ यही हो।” तापनि तिनीहरूले सुन्‍ने मन गरेनन्‌।
13 यसकारण परमप्रभुको वचन तिनीहरूलाई यस्‍तो हुनेछ: गरिबस्, गरिबस्, शासन गर्, शासन गर्, अलिकति यहाँ, अलिकति त्‍यहाँ। यसरी तिनीहरू अगि बढून्, लोटून्, घाइते होऊन्‌ र पासोमा परून्‌।
14 यसैकारण हे निन्‍दा गर्ने मानिस हो, जसले यरूशलेममा यस प्रजामाथि शासन गर्दछन्, परमप्रभुको वचन सुन।
15 तिमीहरूले यो भनेर घमण्‍ड गर्दछौ, “हामीले मृत्‍युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्‍झौता गरेका छौं। अत्‍यन्‍तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्‍यसले हामीलाई छुनेछैन। किनकि हामीले झूटको शरण लिएका छौं, र असत्‍यतालाई हाम्रो लुक्‍ने ठाउँ बनाएका छौं।”
16 यसकारण सर्वोच्‍च परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्‍ति एउटा बहुमूल्‍य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्‍यै हरेस खानेछैन।
17 म इन्‍साफलाई नाप्‍ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु। असिनाले तिमीहरूको झूटको शरणस्‍थान बगाएर लैजानेछ, र पानीले तिमीहरूको लुक्‍ने ठाउँ डुबाइदिनेछ।”
18 मृत्‍युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्‍झौता स्‍थिर रहनेछैन। जब विपत्तिको बाढ़ यताबाट जानेछ, तिमीहरूलाई त्‍यसले डुबाउनेछ।
19 जहिले-जहिले त्‍यो उर्लेर आउँछ, त्‍यसले तिमीहरूलाई बगाएर लैजानेछ। बिहानैपिच्‍छे, दिनमा र रातमा त्‍यो उर्लेर आउनेछ।” यो सन्‍देशको बुझाइले घोर त्रास मात्र ल्‍याउनेछ।
20 लम्‍पसार पर्नलाई ओछ्यान साह्रै छोटो हुन्‍छ, आफूलाई ढाक्‍न कम्‍बल साह्रै सानो हुन्‍छ।
21 पराजीम पर्वतमा उठ्‌नुभएझैँ परमप्रभु उठ्‌नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्‍नुभएझैँ जाग्‍नुहुनेछ— आफ्‍नो काम, आफ्‍नो अनौठो काम गर्न र आफ्‍नो कार्य, अर्थात्‌ आफ्‍नो अर्कै कार्य पूरा गर्न।
22 अब आफ्‍नो ठट्टा रोक, नत्रता तिमीहरूका साङ्‌ला अझ गह्रौँ हुनेछन्‌। परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले सारा देश नै नष्‍ट हुने कुरा मलाई भन्‍नुभएको छ।
23 सुन र मेरो सोर सुन, ध्‍यान देऊ, र मैले भनेको कुरा सुन।
24 जब कुनै किसानले केही रोप्‍नलाई जमिन जोत्‍छ, त के उसले जोतिरहन्‍छ? के त्‍यसले निरन्‍तर माटो खनेर डल्‍ला फोर्दै रहन्‍छ?
25 जब उसले जमिन खनेर सम्‍म बनाउँछ तब के उसले सूँप र जीरा छर्दैन? के उसले गहूँ त्‍यसकै स्‍थानमा रोप्‍दैन? र जौ त्‍यसको नियत स्‍थानमा रोप्‍दैन? र कठिया खेतमा रोप्‍दैन?
26 उसका परमेश्‍वरले उसलाई ठीक शिक्षा दिनुहुन्‍छ र ठीक-ठीक तरीका सिकाउनुहुन्‍छ।
27 कुनै घनले सूँप छाँटिँदैन, न त गाड़ाको पाङ्‌ग्राले जीरामाथि दाइँ गरिन्‍छ। तर सूँप लहुरोले र जीराचाहिँ एउटा लहुरोले चुटिन्‍छ।
28 रोटी बनाउने अन्‍न पिँधिनैपर्छ, कसैले त्‍यसलाई चुटिरहँदैन। अनि त्‍यसले गाड़ाको पाङ्‌ग्रा त्‍यसमाथि गुड़ाए तापनि घोड़ाले त्‍यो पिँध्‍दैन।
29 यी सबै पनि सर्वशक्तिमान्‌ परमप्रभुबाटै हुन आउँछ, जो सल्‍लाह दिनमा उदेकका र बुद्धिमा सर्वोत्तम हुनुहुन्‍छ।

गलाती 5 : 21
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

भजनसंग्रह 69 : 12
12 मूल ढोकामा बस्‍नेहरू मलाई खिज्‍याउँछन्‌, र म त मतवालाहरूको गीत भएको छु।

यशैया 5 : 1 – 30
1 मैले प्रेम गरेको उनको दाखबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्‍यन्‍त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो।
2 तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे। त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो।
3 “अब हे यरूशलेमका बासिन्‍दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा इन्‍साफ गरिदेओ।
4 मेरो दाखबारीको निम्‍ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्‌ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्‍छ कि भनेर आशा गरेको त किन त्‍यसले खराब दाख मात्र फलायो?
5 अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्‍नेछु: म त्‍यसको बार उखेलिदिनेछु, र त्‍यो नष्‍ट हुनेछ। म त्‍यसको पर्खाल भत्‍काइदिनेछु, र त्‍यो कुल्‍चीमिल्‍ची गरिनेछ।
6 त्‍यसलाई म उजाड़ भूमि पारिदिनेछु। त्‍यो न त छिमलिनेछ न गोड़िनेछ, तर त्‍यसमा सिउँड़ी र काँढ़ाहरू उम्रनेछन्‌। त्‍यसमा पानी नपरोस्‌ भनेर बादललाई पनि म आज्ञा गर्नेछु।”
7 सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्‍दको बगैँचा हो। उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो।
8 धिक्‍कार तिमीहरूलाई, जसले केही जग्‍गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्‌छौ र तिमीहरू देशको बीचमा एकलै बस्‍छौ।
9 सर्वशक्तिमान्‌ परमप्रभुले मैले सुन्‍ने गरी भन्‍नुभएको छ, “निश्‍चय नै ठूला-ठूला घरहरू उजाड़ हुनेछन्, र सुन्‍दर भवनहरू निर्जन हुनेछन्‌।
10 पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य, र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ!”
11 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्‌छन्, जो मातेर चूर हुन राती अबेरसम्‍म बस्‍छन्‌!
12 तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्‍छन्, तर तिनीहरू परमप्रभुका कामको वास्‍ता गर्दैनन्‌। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्‌।
13 यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्, र तिनीहरूका उच्‍च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्‍यासले पीडित हुनेछन्‌।
14 यसैकारण चिहानले [1] आफ्‍नो भोक बढ़ाएको छ र आफ्‍नो मुख आँ गरी बाएको छ। तिनीहरूका भारदारहरू र भीड़हरू, तिनीहरूका झगड़िया र हल्‍ला गर्नेहरू त्‍यहीँ भित्र पर्नेछन्‌।
15 यसरी मानिस निहुराइनेछ, र मानिस-जाति विनम्र तुल्‍याइनेछ, र अभिमानीका आँखा झुकाइनेछन्‌।
16 तर सर्वशक्तिमान्‌ परमप्रभुको नाउँ इन्‍साफद्वारा उच्‍च हुनेछ, र पवित्र परमेश्‍वरले आफ्‍नो धार्मिकताद्वारा आफूलाई पवित्र देखाउनुहुनेछ।
17 तब भेड़ाहरू आफ्‍नै खर्कमा झैँ चर्नेछन्, र थुमाहरूलेचाहिँ धनीहरूका अवशेषका बीचमा खानेछन्‌।
18 धिक्‍कार तिनीहरूलाई, जसले पापलाई छलका डोरीले र दुष्‍ट्याइँलाई गाड़ा तान्‍ने डोरीहरूले झैँ तानेर ल्‍याउँछन्,
19 तिनीहरूलाई जसले भन्‍छन्, “परमप्रभुले छिट्टै गरून्, उहाँले आफ्‍नो काम चाँड़ो गरून्‌ र हामी हेरौं। त्‍यो नजिक आओस्, इस्राएलका परमपवित्रको योजना पूरा होस्, र हामी थाहा पाउन सकौं।”
20 धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्‍दछन्, जसले अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो मान्‍दछन्‌ अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्‍ति लिन्‍छन्‌।
21 धिक्‍कार तिनीहरूलाई, जो आफ्‍नै दृष्‍टिमा बुद्धिमान्, र आफ्‍नै नजरमा चलाक छन्‌।
22 धिक्‍कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्,
23 जसले घूस लिएर दोषीहरूलाई छोड़िदिन्‍छन्, र निर्दोषहरूको ठीक न्‍याय गर्दैनन्‌।
24 यसैकारण जसरी आगोको ज्‍वालाले पराललाई भस्‍म गर्दछ, र सुकेको घाँस ज्‍वालामा भस्‍म हुन्‍छ, त्‍यसै गरी तिनीहरूका जरा सड़ेर जानेछन्, र तिनीहरूका फूल धूलो उड़ेझैँ उड़ेर जानेछन्‌। किनभने तिनीहरूले सर्वशक्तिमान्‌ परमप्रभुको व्‍यवस्‍थालाई इन्‍कार गरेका छन्, र इस्राएलका परमपवित्रको वचनलाई हेला गरेका छन्‌।
25 यसकारण परमप्रभुको रीस आफ्‍ना प्रजामाथि उठेको छ। उहाँले आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनुभएको छ, र तिनीहरूलाई हिर्काउनुहुन्‍छ। डाँड़ाहरू हल्‍लिन्‍छन्, र मानिसहरूका लाश सड़कमा कसिङ्गरझैँ छन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझैमाथि उठाइएकै छ।
26 उहाँले टाढ़ाका जातिहरूका निम्‍ति एउटा झन्‍डा खड़ा गर्नुहुन्‍छ, उहाँले पृथ्‍वीका कुना-कुनामा बस्‍नेहरूलाई सुसेलीले बोलाउनुहुन्‍छ। तिनीहरू चाँड़ो र फूर्तिसित आउँछन्‌!
27 तिनीहरूमध्‍ये कोही थाक्‍ने कि ठक्‍कर खानेछैनन्, कोही झुल्‍ने वा निदाउनेछैनन्‌। तिनीहरूका कम्‍मरको पटुका खुकुलो हुनेछैन, तिनीहरूका जुत्ताको फित्ता चुँड़िनेछैन।
28 तिनीहरूका काँड़हरू तीखा-तीखा छन्, र धनुमा ताँदो चढ़ाएका हुनेछन्‌। तिनीहरूका घोड़ाका टाप चकमक ढुङ्गाजस्‍तै, र तिनीहरूका रथका चक्‍काहरू आँधीबेहरीजस्‍तै हुनेछन्‌।
29 तिनीहरूको गर्जन सिंहको जस्‍तै छ, तिनीहरू जवान सिंहजस्‍तै गर्जन्‍छन्‌। तिनीहरूले शिकार समात्‍दा ङ्‌वारङ्‌वार गर्छन्‌। त्‍यसलाई तिनीहरूबाट छुटाउने कोही पनि हुनेछैन।
30 त्‍यस दिन तिनीहरू समुद्र गर्जेझैँ त्‍यसमाथि गर्जनेछन्‌। यदि देशलाई कसैले हेर्‍यो भने, त्‍यहाँ अन्‍धकार र सङ्कष्‍ट मात्र त्‍यसले देख्‍नेछ, र उज्‍यालो पनि बादलले अँध्‍यारो पार्नेछ।

योएल 1 : 5
5 हे मतवाला हो, जाग र रोओ। हे सबै दाखमद्य पिउने हो, नयाँ दाखमद्यको निम्‍ति विलाप गर, किनकि त्‍यो तिमीहरूका ओठैबाट खोसिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *