मातृत्व

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मातृत्व

हितोपदेश 31 : 28
28 तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌:

तीतस 2 : 5
5 र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।

तीतस 2 : 1 – 15
1 तिमीले चाहिँ जे पक्‍का धार्मिक-सिद्धान्‍त सुहाँउदो छ त्‍यही सिकाऊ।
2 वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।
3 यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌।
4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,
5 र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।
6 त्‍यहीबमोजिम जवान मानिसलाई पनि आत्‍मसंयमी हुनलाई अर्ती देऊ।
7 सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्‍भीरता,
8 र कसैले निन्‍दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्‍ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्‌।
9 कमाराहरूलाई पनि आ-आफ्‍ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्‍ना मालिकहरूलाई सन्‍तुष्‍ट तुल्‍याउने आदेश देऊ, र तिनीहरू मुख लाग्‍ने नहोऊन्‌।
10 तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्‍वासयोग्‍य होऊन्‌। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्‍वरका धार्मिक-सिद्धान्‍तको शोभा बढ़ाऊन्‌।
11 किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ,
12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ।
13 र हाम्रो धन्‍यको आशा— हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।
14 ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो।
15 यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्‍काऊ। कसैले तिम्रो अवहेलना नगरोस्‌।

तीतस 2 : 4
4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,

हितोपदेश 19 : 18
18 आफ्‍नो छोरालाई ताड़ना दे, किनकि त्‍यसमा आशा हुन्‍छ, त्‍यसको मृत्‍युमा राजीखुशीले सहभागी नहोऊ।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

हितोपदेश 13 : 24
24 छड़ी नचलाउने बुबाले आफ्‍नो छोरालाई घृणा गर्छ, तर त्‍यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्‍यसलाई अनुशासन दिन्छ।

यूहन्‍ना 19 : 26 – 27
26 जब येशूले आफ्‍नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्‍नुभयो, तब उहाँले आफ्‍नी आमालाई भन्‍नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!”
27 तब त्‍यस चेलालाई पनि उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्‍यस बेलादेखि त्‍यस चेलाले उनलाई आफ्‍नै घरमा लगे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *