यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माछा मार्नेहरू
मत्ती 4 : 21
21 त्यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो।
मर्कूस 1 : 16
16 गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए।
मर्कूस 1 : 19
19 अनि अलि पर गएपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्नुभयो।
यूहन्ना 21 : 3
3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्यो रात तिनीहरूले केही पक्रेनन्।
यर्मिया 16 : 16
16 “तर अब म धेरै जालहारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई पक्रनेछन्,” परमप्रभु भन्नुहुन्छ। “त्यसपछि म धेरै शिकारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई हरेक पर्वत, डाँड़ा र पहराको धाँदोबाट खोजी-खोजी निकाल्नेछन्।
मत्ती 4 : 19
19 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।”
Leave a Reply