यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माछा मार्ने
मत्ती 4 : 19
19 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।”
यूहन्ना 21 : 3
3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्यो रात तिनीहरूले केही पक्रेनन्।
मत्ती 13 : 47
47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्।
मर्कूस 1 : 14 – 20
14 अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो।
15 उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।”
16 गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए।
17 येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”
18 तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे।
19 अनि अलि पर गएपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्नुभयो।
20 उहाँले तुरुन्त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे।
लूका 5 : 4 – 6
4 बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।”
5 तर सिमोनले भने, ‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।”
6 अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे।
अय्यूब 41 : 7
7 के तैंले त्यसको छालामा भालाले अथवा त्यसको टाउकोलाई माछा मार्ने भालाले रोप्न सक्छस्?
लूका 5 : 6
6 अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे।
इजकिएल 47 : 9 – 10
9 त्यो नदी बगेको ठाउँमा थुप्रै जीवित प्राणीहरू बस्नेछन्। त्यहाँ अनगन्ती माछा हुनेछन्, किनभने त्यो पानी त्यहाँ बग्छ र नुनिलो पानीलाई ताजा बनाइदिन्छ। यसैले जहाँ त्यो नदी बग्छ, त्यहाँ जेसुकै पनि बाँच्नेछ।
10 त्यसका किनारै किनार जालहारीहरू उभिनेछन्। एन-गदीदेखि एन-एग्लैमसम्म जालहरू फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ किसिम-किसिमका माछाहरू हुनेछन्— महासमुद्रका [1] माछाहरूजस्तै।
Leave a Reply