महिला शिक्षक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महिला शिक्षक

१ तिमोथी 2 : 12
12 तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌।

तीतस 2 : 3 – 5
3 यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌।
4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,
5 र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।

१ तिमोथी 2 : 11
11 स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।

१ तिमोथी 2 : 11 – 15
11 स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।
12 तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌।
13 किनभने आदम नै पहिले सृजिएका हुन्, त्‍यसपछि हव्‍वा।
14 आदम छलिएका होइनन्, तर स्‍त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्‌।
15 तरै पनि, यदि तिनी सुशीलतासाथ विश्‍वास, प्रेम र पवित्रतामा रहिन्‌ भने, बालक जन्‍ममा तिनी बचाइनेछिन्‌।

१ कोरिन्थी 14 : 34
34 स्‍त्रीहरू मण्‍डलीको सभामा चूपचाप रहून्‌। तिनीहरूलाई बोल्‍ने अनुमति छैन, तर व्‍यवस्‍थाले भनेझैँ तिनीहरू अधीनमा रहून्‌।

प्रेरित 18 : 26
26 तिनी सभाघरमा साहसपूर्वक बोल्‍न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्‍किला र अकिलासले तिनलाई आफ्‍नो घरमा ल्‍याए, र परमेश्‍वरका मार्गको अर्थ झन्‌ प्रष्‍टसँग बुझाइदिए।

प्रेरित 21 : 9
9 अगमवाणी बोल्‍ने तिनका चार जना अविवाहित छोरीहरू थिए।

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

लूका 2 : 36
36 आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *