यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महिलाहरु
उत्पत्ति 1 : 27
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
उत्पत्ति 2 : 22
22 जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो।
उत्पत्ति 2 : 23
23 मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।”
उत्पत्ति 3 : 16
16 स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।”
२ कोरिन्थी 11 : 3
3 तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ।
१ तिमोथी 2 : 14
14 आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।
उत्पत्ति 3 : 15
15 तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”
उत्पत्ति 24 : 67
67 इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए।
उत्पत्ति 31 : 33
33 तब लाबान याकूबको पालभित्र, त्यसपछि लेआको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेनन्। उनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे।
एस्तर 2 : 9
9 तिनलाई देखेर त्यो नपुंसक खुशी भयो, र एस्तरले त्यसबाट विशेष निगाह पाइन्। त्यसले तिनलाई तुरुन्तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्यसले खटाइदियो। स्त्रीहरू बस्ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो।
एस्तर 2 : 11
11 एस्तरलाई के कसो हुँदैछ सो जान्न मोर्दकै दिनहुँ महिला-गृहको आँगनबाट भएर जाने गर्थे।
गन्ती 30 : 16
16 पति, पत्नी र आमा-बुबाको घरमा बसेकी जवान छोरीको सम्बन्धमा परमप्रभुले मोशालाई दिनुभएका विधिहरू यी नै हुन्।
गन्ती 5 : 31
31 तब त्यो पुरुष कुनै अधर्मबाट निर्दोष ठहरिन्छ, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड बोक्नेछे।”
प्रस्थान 15 : 21
21 मिरियम यसो भन्दै गाउन लागिन्: “परमप्रभुको स्तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
प्रस्थान 38 : 8
8 तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसाका धुने भाँड़ा र त्यसका खुट्टा बनाए।
१ शमूएल 2 : 22
22 एली अब साह्रै वृद्ध भएका थिए, र उनका छोराहरूले सारा इस्राएलमाथि कस्तो व्यवहार गर्दछन् भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग सहवास गरेका कुरा पनि उनले सुने।
१ इतिहास 25 : 6
6 तिनीहरू सबै परमप्रभुको मन्दिरमा आफ्ना पिताहरूको अधीनमा सेवा गर्थे। तिनीहरू झ्याली, सारङ्गी र वीणाद्वारा परमप्रभुका भवनको सेवामा भाग लिन्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको अधीनमा थिए।
Leave a Reply