यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महासागर
मीका 7 : 19
19 हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
आमोस 9 : 6
6 उहाँ, जसले आकाशमाथि आफ्नो वासस्थान बनाउनुहुन्छ, र पृथ्वीमा यसको जग बसाल्नुहुन्छ, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनभरि खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो।
भजनसंग्रह 107 : 23 – 25
23 कोही-कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्यापारी थिए।
24 तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्चर्य कार्यहरू देखे।
25 किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए।
भजनसंग्रह 139 : 9 – 10
9 प्रभातको पखेटामा उड़ेर समुद्रको पल्लो किनारमा गएर बसें भने पनि,
10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ।
उपदेशक 1 : 6 – 7
6 बतास दक्षिणतिर बहन्छ, अनि उत्तरतिर फर्कन्छ। त्यो सधैँ आफ्नै चक्करमा फर्केर घुमिरहन्छ।
7 सबै खोलाहरू समुद्रमा नै बगेर जान्छन्, तापनि समुद्र कहिल्यै भरिँदैन। जुन स्थानबाट खोलाहरू आउँछन्, ती फेरि त्यहीँ नै फर्केर जान्छन्।
उत्पत्ति 1 : 9
9 अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो।
भजनसंग्रह 139 : 17 – 18
17 हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति बहुमूल्य छन्! तिनको सङ्ख्या कति महान् छ!
18 तिनलाई मैले गन्नुपरेमा, ती बालुवाका कणहरूभन्दा बढ़ी हुनेथिए। जब म बिउँझन्छु, तब म तपाईंसँगै हुन्छु।
उत्पत्ति 1 : 2
2 पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो।
भजनसंग्रह 8 : 8
8 आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्तुहरू।
उपदेशक 11 : 3
3 बादल पानीले पूर्ण भयो भने त्यसले जमिनमा पानी बर्साउँछ। रूख दक्षिणमा ढल्यो भने पनि अथवा उत्तरमा ढल्यो भने पनि त्यो जहाँ ढलेको छ त्यहीँ नै पड़िरहन्छ।
यशैया 43 : 2
2 तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्। तँ आगोबाट हिँड़ेर जाँदा डढ्नेछैनस्। त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
Leave a Reply