मन्त्र

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मन्त्र

प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।

इजकिएल 13 : 18
18 र भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: धिक्‍कार ती स्‍त्रीहरू, जसले आफ्‍ना नाड़ीहरूमा बूटी बाँधिदिन्‍छन्‌ र मानिसहरूको प्राण पासोमा पार्न तिनीहरूका कदअनुसार शिर ढाक्‍ने घुम्‍टा बनाउँछन्‌। के तिमीहरू मानिसहरूको प्राण पासोमा पार्ने र आफ्‍नो प्राणलाई चाहिँ बचाइराख्‍ने र?

प्रकाश 22 : 15
15 बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌।

२ राजाहरू 21 : 6
6 तिनले आफ्‍नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए।

प्रस्‍थान 22 : 18
18 “जादुगरी गर्ने स्‍त्रीलाई जीवित नराख।

मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।

व्यवस्था 18 : 9 – 12
9 परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्‍यहाँ बस्‍ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू।
10 आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
11 टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌।
12 यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।

याकूब 4 : 2
2 तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।

लेवीहरू 20 : 27
27 “‘तिमीहरूमध्‍ये कुनै पुरुष वा स्‍त्रीले झाँक्री, बोक्‍सी वा जादू-मन्‍त्रको काम गर्‍यो भने त्‍यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्‌’।”

१ कोरिन्थी 2 : 11
11 मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन।

यर्मिया 27 : 9
9 यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्‍ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *